कर्णाली डेभलपमेन्ट बैंकका ३५ शेयरधनीको शेयरपूँजी घटाइयो, १ प्रतिशतमा सीमित

काठमाडौं । नेपाल राष्ट्र बैंकले समस्याग्रस्त कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडका ३५ जना शेयरधनीको शेयरपूँजी घटाएर १ प्रतिशतमा कायम गरेको छ। राष्ट्र बैंकबाट गठित व्यवस्थापन समूहले संस्थापकतर्फका २५ जना र साधारण शेयरधनीतर्फका १० जनाको शेयरपूँजी कटौती गरेको हो।
नेपाल राष्ट्र बैंकले २०८१ पुस १० गते कर्णाली डेभलपमेन्ट बैंकलाई समस्याग्रस्त संस्था घोषणा गरेको थियो। त्यसयता बैंकको व्यवस्थापन तथा सञ्चालन राष्ट्र बैंकबाट नियुक्त व्यवस्थापन समूहले गर्दै आएको छ।
व्यवस्थापन समूहले बैंकको सम्पत्ति तथा दायित्वको मूल्याङ्कन ९ड्यु डिलिजेन्स अडिट० गर्दा संस्थाको चुक्ता पूँजी क्षय भएको र सम्पत्तिले दायित्व धान्न नसक्ने अवस्था देखिएको थियो। साथै, केही शेयरधनीले चुक्ता गर्नुपर्ने शेयरपूँजीबापतको रकम अवैधानिक रूपमा चुक्ता भएकोसमेत पाइएको थियो।
सोही अवस्थालाई मध्यनजर गर्दै संस्थाको पुनर्संरचना गर्ने क्रममा सम्बन्धित शेयरधनीहरूको शेयरपूँजी घटाउने निर्णय गरिएको व्यवस्थापन समूहले जनाएको छ।
नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ८६ङ को उपदफा ९१० को खण्ड ९च० तथा ९ज० र दफा ८६ बमोजिम शेयरपूँजी घटाइएको हो।
यसरी घटाइएको पूँजी कम्पनी रजिस्ट्रारको कार्यालयमा अभिलेखिकरण गर्ने प्रक्रियाका लागि कम्पनी ऐन, २०६३ को दफा ५८ को उपदफा ९२० बमोजिम सुनुवाइ हुने भएको छ। उक्त सुनुवाइ २०८३ मंसिर ९ गते उच्च अदालत तुलसीपुर, नेपालगञ्ज इजलासमा तोकिएको छ।
व्यवस्थापन समूहले शेयरपूँजी घटाउने प्रक्रियामा कुनै शेयरधनीको दाबी–विरोध भए आवश्यक सबुद प्रमाणसहित सुनुवाइमा उपस्थित हुन आग्रह गरेको छ।











