जीवन बीमा कम्पनीले अभिकर्ता कमिशनमा खर्चिए पौने १० अर्ब, कुनले कति ? (तथ्याङ्कसहित)

हाल संचालनमा रहेका जीवन बीमा कम्पनीहरुले तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । जीवन बीमा कम्पनीका अभिकर्ताहरुले तेस्रो त्रैमासको अन्त्यसम्ममा पौने १० अर्ब रुपैयाँ खर्चिएका छन् ।
चालु आर्थिक बर्षको तेस्रो त्रैमासमा बीमा कम्पनीहरुले ९ अर्ब ८५ करोड रुपैयाँ अभिकर्ता कमिशनवापत सो रकम खर्चिएका हुन् ।
कम्पनीहरुले गत बर्षको सोहि अवधिमा ८ अर्ब ९४ करोड रुपैयाँ बीमा अभिकर्ता कमिशन प्राप्त गरेका थिए । गत बर्षको तुलनामा कम्पनीले बीमा अभिकर्ताहरुलाई दिने अभिकर्ता कमिशन १० दशमलव ५० प्रतिशतले बढेको हो ।
बीमा कम्पनीहरुले प्रकाशन गरेको वित्तीय विवरण अनुसार चैत मसान्तसम्ममा सबैभन्दा धेरै कमिशन भुक्तानी गर्ने कम्पनीमा नेपाल लाइफ इन्स्योरेन्स रहेको छ।
कम्पनीले चैत मसान्तसम्ममा दुई अर्ब ४१ करोड रुपैयाँ अभिकर्ता कमिशन खर्चिएको छ । कम्पनीले गत बर्षको तुलनामा सोही अवधिमा दुई अर्ब १९ करोड रुपैयाँ कमिशन खर्चिएको थियो । गत बर्षको तुलनामा कम्पनीको अभिकर्ता कमिशन १० प्रतिशतले बढेको छ ।
दोस्रोमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ। कम्पनीले चैत मसान्तसम्ममा १ अर्ब ४८ करोड रुपैयाँ कमिशन बीमा अभिकर्ताका लागि खर्चिएको छ ।
गत बर्षको सोहि अवधिमा कम्पनीले १ अर्ब ६१ करोड रुपैयाँ बीमा अभिकर्ताहरुको कमिशनमा खर्चिएको थियो । गत बर्षको तुलनामा कम्पनीको बीमा अभिकर्ता कमिशन २७ दशमलव ८५ प्रतिशतले बढी हो ।
तेस्रोमा हिमालयन लाइफ कम्पनी रहेको छ । कम्पनीको अभिकर्ता कमिशन १ प्रतिशतले घटेर ९८ करोड रुपैयाँ पुगेको छ । गत बर्षको सोही अवधिमा कम्पनीले९९ करोड रुपैयाँ अभिकर्ता कमिशनमा खर्च गरेको थियो।
कम्पनीहरुले प्रकाशन गरेको वित्तिध्य विवरण अनुसार तेस्रो त्रैमाससम्मा एलआईसी नेपालले ९८ करोड ६४ लाख रुपैयाँ, सूर्य ज्योति लाइफले ६६ करोड ३२ लाख रुपैयाँ, एशियन लाइफले ५३ करोड ७७ लाख रुपैयाँ, सिटिजन लाइफले ४७ करोड ८९ लाख रुपैयाँ, सानिमा रिलायन्स लाइफले ४६ करोड ८८ लाख रुपैयाँ, मेट लाइफले ३७ करोड १९ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफले ३५ करोड ९१ लाख रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले ३४ करोड रुपैयाँ, आइएमई लाइफले ३३ करोड रुपैयाँ, सन नेपाल लाइफले २८ करोड रुपैयाँ र सरकारी स्वामित्वमा रहेको राष्ट्रिय जीवन बीमा कम्पनीले १४ करोड रुपैयँ अभिकर्ता कमिशनमा खर्चिएका छन् ।
त्यस्तै, वृद्धिदरको आधारमा गत बर्षको तुलनामा नेशनल लाइफले अभिकर्ता कमीशनमा बढी खर्चिएको देखिएको छ। कम्पनीले तेस्रो त्रैमासको अवधिमा गत बर्षको तुलनामा २७ प्रतिशतले अभिकर्ता कमिशन खर्चिएको छ।
त्यस्तै, सन नेपाल लाइफले गत बर्षको तुलनामा २५ प्रतिशत, सूर्य ज्योति लाइफले १४ प्रतिशत, सिटिजन लाइफले १० प्रतिशतले अभिकर्ता कमिशनमा खर्चिएका छन् ।