नेपाल लाइफकी एजेन्सी म्यानेजर लिलादेवी योङहाङको निधन

२६ जेष्ठ २०८२, सोमबार ११:०४

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकी एजेन्सी म्यानेजर लिलादेवी योङहाङको निधन भएको छ । कम्पनीको पथरी उपशाखा कार्यालयबाट बीमा व्यवसाय गरीरहेकी एजेन्सी म्यानेजर योङहाङको ५० वर्षको उमेरमा असामयिक निधन भएको पथरी शाखा परिवारले जानकारी दिएको हो ।

२०३२ साल भदौ १४ गते चुलाचुली–१ हतिलेदा इलाममा जन्मिएकी लगनशील तथा मिहिनेती एजेन्सी म्यानेजर योङहाङको जेठ २० गते निधन भएको उनको पारिवारिक स्रोतले बताएको छ । नेपाल लाइफ इन्स्योरेन्सले एक नमुना एजेन्सी म्यानेजर गुमाएको छ ।

नेपाल लाइफ इन्स्योरेन्स तथा पेशागत अभिकर्ता संघ, केन्द्रिय समिति नेपाल लाइफ लगायत पथरी उपशाखा परिवारले स्वर्गिय लिलादेवीको आत्माको चीर शान्तिको कामना गर्दै शोकाकुल परिवारजन, आफन्तजनको धैर्यधारण गर्ने शक्ति इश्वरले प्रदान गरुन भन्दै मृतक लिलादेवी प्रति हार्दिक श्रदान्जली प्रकट गरेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*