संघर्षले बीमा व्यवसायमा जमेकी अभिकर्ता जानकीको सफलता, सिटिजन लाइफमा प्रवेशसँगै भरियो उत्साह

मुलुकका ७ प्रदेशमध्ये पिछडिएको प्रदेशका रुपमा सुदूरपश्चिम प्रदेशलाई चिन्ने गरीन्छ । सुदूरपश्चिमका दूर–दराजदेखि गाउँसम्म समृद्धिको मूल फुट्न बाँकी छ । गरिबी, अभाव, अशिक्षा र समस्यै–समस्याले भरिएको सुदूरपश्चिमको गरिबी माँझ बैतडीकी जानकी विष्टले बीमाको बगैचा विस्तार गरेकी छिन् ।
विभिन्न समस्या र तगारोका बाबजुद निरन्तर बीमाको सचेतना फैलाइरहेकी बिष्ट सिटिजन लाइफ इन्स्योरेन्सकी ज्योति हुन् । उनले सुदूरपश्चिमका सयौं मानिसको बीमा गराएर सिमसारमा मात्र होइन भिरमा समेत कमल फुलाउने प्रयास गरेकी छिन् । विगत एक दशकदेखि पश्चिम नेपालमा सयौं मानिसहरुको बीमा गरी जोखिम रक्षावरण गर्दै आएकी छिन, उनी ।
जीवन बीमा पेशालाई आफ्नो जीवनकै अभिन्न अंग बनाउने दृढ सोच बनाई बीमा पेशामा होमिएकी बिष्टले भविष्यमा समेत नेपाली जीवन बीमा क्षेत्रको उज्वल भविष्यको रेखा कोर्ने प्रतिबद्धतासाथ काम गरिरहेका छन् । २०७० साल देखि जीवन बीमा क्षेत्रमा पाइला चालेकी विष्ट बीमा क्षेत्रमै लागेर जीवन सफल र समृद्ध बनाउन सकिन्छ भन्ने उदाहरण दिन सफल भएकी छिन् ।
कञ्चनपुर जिल्लाको महेन्द्रनगर सहरमा बसोबास गर्दै आएकी जानकी यतिबेला सिटिजन लाइफ इन्स्योरेन्सको धनगढी शाखामा एजेन्सी म्यानेजरको रुपमा आवद्ध छिन् । सिटिजन लाइफको उत्कृष्ट बोनसदर, पर्याप्त तालिमबाट दिक्षित विकास कोशी प्रदेशका उत्कृष्ट एजेन्सी बन्न सफल भएकी छिन् । सम्पूर्ण व्यवसायिक लक्ष्य प्राप्त गर्दै उनी धनगढी शाखाकी नमुना एजेन्सी बनेकी छिन् ।
मिठो बोलीबचन, नम्र व्यवहारसँगै वित्तिय क्षेत्रको पर्याप्त ज्ञान र मानिसहरुलाई बीमा गर्न विश्वस्त गर्न सक्ने क्षमताले भरीपूर्ण रहेकी उनी सुदूरपश्चिम प्रदेशको नेतृत्व गर्दै बीमा अभिकर्ता पेशामा जमेकी छिन् । जीवनमा आइपरेका हजारौ बाधा, अड्चनलाई आत्मसात गर्दै परिवार र श्रीमानको उल्लेख्य साथले सफलताको राजमार्गमा आफ्ना पाइला चलाइरहेकी छिन् ।
बैतडीको डिलासैनी गाउँपालिका–६ मा २०५३ सालमा जन्मिएकी उनी २०७० सालमा तत्कालिन गुराँस लाइफ इन्स्योरेन्समा अभिकर्ता बनेर बीमा व्यवसायको सुरुवात गरेको बताउँछिन् । सुरुवाती समयदेखि आफ्नो लक्ष्य प्राप्तीमा दृढ भएर अघि बढेकी जानकीको संघर्ष र मिहिनेतले सयौं मानिसको बीमा भई जोखिम रक्षावरण भएको छ । उनले यस अवधिमा एक वटा बीमितहरुलाई दुर्घटना दावी बापतको रकम उनीहरुको घरमा नै गएर दिइसकेको अनुभव सुनाइन् ।
पढाई लेखाईमा सानैदेखि इच्छा बोकेकी उनले विभिन्न बाधा, अवरोधलाई पाखा लगाउँदै गत साल बैतडीको खेति उच्च माध्यमिक विद्यालयबाट १२ कक्षा पास पास गरेकी छिन् । गाउँ समाजमा एक असल व्यक्तिको परिचय भएकी आफुलाई अभिकर्ता बन्नको लागि २०७० सालमा उनका तत्कालिन गुराँस लाइफ इन्स्योरेन्सका ब्रान्च म्यानेजर राम बहादुर विष्टले सल्लाह दिएको बताउँछिन् उनी । ‘धेरै समयपछि राम बहादुर बिष्ट सर सिटिजन लाइफमा आउँनु भएको थियो । अनी उहाँले मलाई सिटिजन लाइफमा आवद्ध भएर व्यवसाय गर्न थप सहज हुन्छ भन्ने सल्लाह सुझाव दिएपछि मैलै २०८० सालमा सिटिजन लाइफको डढेल्धुरा शाखाबाट कोड लिएर व्यवसाय सुरु गरेकी थिए ।’ उनले भनिन् ।
उनी सिटिजन लाइफ इन्स्योरेन्सको अभिकर्ता मात्र नभएर एक असल बुहारी, असल आमा पनि बन्नुका साथै जिम्मेवार श्रीमती सफल भएकी छिन् । आफ्नो छोरा–छोरीलाई गुणस्तरीय शिक्षा हासिल गराउँनुका साथै श्रीमानका हरेक सुख, दुःखमा साथ दिदैै आएकी छिन् । घर परिवार र श्रीमानको राम्रो साथ सहयोगले सिटिजन लाइफमा चम्किरहेकी जानकी अभिकर्ता पेशाप्रति गौरवान्वित महशुस गरेको अनुभव सुनाउँछिन् । १० जना नागरिकहरुलाई बीमा गर्नको लागि प्रस्ताव गर्दा पनि त्यस समुहबाट जम्मा १–२ जनाले मात्र बीमा गर्न सहमत हुने र अन्य नागरिकहरु विभिन्न बाहानामा पन्छिने गरेको उनको अनुभव छ । उनी दुई वर्षको अवधिमा १५० जनाबढी मानिसको बीमा गर्न सफल भएकी छिन् ।
सुदूरपश्चिमका ठुला–ठुला पहाडहरु हिडेर, सर्वसाधारणलाई पायक पर्ने समयमा भेटघाट गरेर उनले बीमा गराउने गरेकी छिन् । गाउँ समाजमा भएका हजारौ नकारात्मक धारणा र बिकृतीलाई चिरेर मानिसको बीमा गरी जोखिम रक्षावरणमा महत्वपूर्ण भुमिका निर्वाह गर्दै आएकी छिन् । ‘गाउँ समाजका मान्छेहरुलाई सामान्य भेटघाटको लागि जाँदा समेत उ त्यो बीमा गराउँन आएकी हो भन्दै फरक दृष्टिले हेर्ने, कुरा काट्ने समेत गर्ने गर्दछन् ।’ उनले भनिन्, ‘त्यस्ता मानिसहरुको कुराले प्रभावित नै नभएर मैले आफ्नो बीमा यात्रा अगाडि बढाउने गरेको छु ।’
बीमा व्यवसायप्रतिको लगाव र निरन्तरको संघर्षले जानकी डढेल्धुरा शाखा कार्यालयबाट सन् २०२५ को एमडीआरटी बन्न सफल भएकी छिन् । सिटिजन लाइफ इन्स्योरेन्सले विभिन्न समयमा दिएका अभिकर्ता तालिम, विभिन्न पुनर्ताजगि कार्यक्रमले गर्दा बीमा व्यवसाय गर्न थप हौसला मिल्ने गरेको उनले बताइन् ।
‘समाजमा विभिन्न धारणा, सोचाई भएका मानिसहरु बसोबास गर्र्दछन् । अब कसैले बीमा कम्पनी भनेका पैसा खाने, अनि मरेपछि मात्र पैसा दिन्छन् । बीमा किन गर्ने ? बीमा गर्नुभन्दा त बैंकमा बचत गरे भैगौत भन्दै कुरा गर्दछन् ।’ उनले भनिन् । ‘तर, मैले त्यस्ता धारणा भएका मानिसहरुलाई समेत विभिन्न तरिकाले सम्झाएर, बुझाएर बीमा गर्ने गरेकी छु । बैंकले बचत मात्र दिन्छ तर बीमाले बचतका साथ साथै जोखिम समेत रक्षावरण गरेको हुन्छ, भनेर बुझाई बीमा गरीदिन्छु ।’
सिटिजन लाइफ इन्स्योरेन्स प्रवेशसँगै उनले सिटिजन लाइफ इन्स्योरेन्सका विभिन्न व्यवसायीक क्लव छनौटसँगै एमडीआरटीको यात्रा तय गर्न सफल भएकी छिन् । विभिन्न क्लबहरुमा छनौट भएर मान, सम्मान पाउँदा बीमा गराउन उनीलाई झन उत्साह मिलेको उनी बताउँछिन् ।
सुदूरपश्चिमको समाजमा अझै पनि खुट्टा तान्ने प्रबृद्धि बाँकी नै रहेको उनको धारणा छ । ‘मैले मेरा आफन्तका भन्दा पनी बढी बाहिरका मानिसहरुको बीमा गरेकी छु । म बीमा अभिकर्ता भएका कारण आफन्तहरुलाई बीमाको सुझाव दिन्छु । तर, उहाँहरुलाई चाँही अरु–अरु कम्पनीमा अरु अभिकर्तासँग बीमा गर्ने गरेका छन् । त्यसैले मैले आफन्तभन्दा बाहिरका मानिसबाट बीमा ल्याएकी छु ।’
एकदशकको बीमा यात्रामा उनले उल्लेख्य सफलता हासिल गरेकी छिन् । बीमा व्यवसायबाटै तराइमा घडेरी, सवारी साधन तथा छोराछोरीलाई गुणस्तरीय शिक्षाको प्रदान गर्न सकेको उनी सुनाउँछिन् ।
नागरिकहरुले बीमा कम्पनी हेरेर भन्दा पनि अभिकर्ताहरुको स्वभाव, इमान्दारीता, बानी व्यहोरा र समाजमा उनीहरुको स्थापित छबिलाई हेरेर बीमा गर्ने गरेको उनको बुझाइ छ । नागरिकहरुका कुराहरुलाई सुनेर अभिकर्ता विष्टले राम्रोसँग बुझेर राम्रोसँग बुझाएर उनीहरुलाई झन बढी विश्वास दिलाई बीमा व्यवसाय गर्ने गरेको सुनाउछिन् ।
सिटिजन लाइफमा प्रवेश गरेसँगै विष्टको जीवनमा आमुल परिवर्तन आएको छ । सूरुमा मानिसहरुसँग कुरा गर्दा समेत खुलेर बोल्न नसक्ने जानकीको अभिकर्ता बनेसँगै आत्मविश्वास र कार्यशैलीमा समेत सुधार आएको छ । बीमा व्यवसायमा रहेको अस्वस्थ्य प्रतिस्प्रर्धासँग जुध्दै उनले सुदूरपश्चिमका नागरिकहरुको बीमा गरेर जीवन रक्षावरणमा महत्वपूर्ण भुमिका निर्वाह गर्न सफल भएकी छिन् ।