नेपाल बीमा प्राधिकरण गण्डकी प्रदेशले भोलि अभिकर्ता परीक्षा सञ्चालन गर्ने
९ असार २०८२, सोमबार ११:०९

काठमाडौं । नेपाल बीमा प्राधिकरणको गण्डकी प्रदेश कार्यालयले असार १० गते आइतबार जीवन बीमा अभिकर्ताको परीक्षा सञ्चालन गर्दैछ । बीमा प्राधिकरण गण्डकी प्रदेश कार्यालयले भोलि ११ बजेबाट १२ः३० बजेसम्म परीक्षा सञ्चालन गर्ने जनाएको छ ।
बीमा ऐन २०७९ अनुसार अभिकर्ताको परीक्षा लिएर मात्र बीमा इजाजतपत्र दिने व्यवस्था भए बमोजिम परीक्षा सञ्चालन गर्न लागेको हो । जीवन बीमा अभिकर्ताको परीक्षामा नेपाल भरीबाट सहभागी हुन सक्नेछन् । साथै, परीक्षा दिँदा सम्बन्धित परीक्षार्थी क्यामेरामा स्पष्ट रुपमा देखिने गरी परीक्षा दिनुपर्ने प्राधिकरणले जनाएको छ ।