नेपाल बीमा प्राधिकरण कोशी र गण्डकी प्रदेशले कहिले गर्दैछन् अभिकर्ता परीक्षा ?

१२ असार २०८२, बिहीबार १२:४६

काठमाडौं । नेपाल बीमा प्राधिकरण कोशी प्रदेश र गण्डकी प्रदेशले अभिकर्ता परीक्षा सञ्चालन गर्ने तयारी गरेका छन् । दुबै प्रदेशहरुले अभिकर्ता परीक्षा सञ्चालन गर्ने सम्बन्धि सूचना प्रकाशित गरी जानकारी दिएका हुन् ।

कोशी प्रदेशले आइतबार अर्थात असार १५ गते दिउँसो ३ बजेदेखि ४ः३० बजेसम्म र गण्डकी प्रदेश कार्यालयले असार १७ गते मंगलबार दिउँसो १ बजेदेखि २ः३० बजेसम्म अभिकर्ता परीक्षा सञ्चालन गर्ने भएका छन् ।

बीमा ऐन २०७९ अनुसार अभिकर्ताको परीक्षा लिएर मात्र बीमा इजाजतपत्र दिने व्यवस्था भए बमोजिम परीक्षा सञ्चालन गर्न लागेको हो । जीवन बीमा अभिकर्ताको परीक्षामा नेपाल भरीबाट सहभागी हुन सक्नेछन् । साथै, परीक्षा दिँदा सम्बन्धित परीक्षार्थी क्यामेरामा स्पष्ट रुपमा देखिने गरी परीक्षा दिनुपर्ने प्राधिकरणले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*