पर्वतमा प्रख्यात बन्दै सिटिजन लाइफका चर्चित श्रेष्ठ, पर्यटन र व्यापारसँगै बीमालाई अघि बढाउँदै

मध्य नेपालको पोखरादेखि पर्वत, बाग्लुङ अनि बेनीसम्मको जीवन बीमा क्षेत्रमा प्रख्यात नाम हो सिटिजन लाइफका चर्चित श्रेष्ठ । चर्चित श्रेष्ठ जीवन बीमा क्षेत्रमा लागेको दुई वर्षमै क्षेत्रीय रुपमा ख्याती कमाउन सफल भइसकेका छन् ।
छोटो अवधिमै सयौं नागरिकहरुको बीमा गरी जोखिम रक्षावरण गरेर प्रख्यात बन्दै गइरहेका छन् ४४ बर्षिय चर्चित श्रेष्ठ । २०८० सालदेखि बीमा व्यवसायमा लागेर छोटो समयमा नै जम्न सफल चर्चित श्रेष्ठ अहिले सिटिजन लाइफमार्फत बीमितको घरघरमा पुगेर बीमापोलिसी जारी गर्न मेहनत गरिरहेका छन् ।
जीवन बीमा पेशालाई आफ्नो जीवनकै अभिन्न अंग बनाउने दृढ सोच बनाइ बीमा पेशामा होमिएका श्रेष्ठले नेपाली जीवन बीमा क्षेत्रको उज्वल भविष्यको रेखा कोर्ने प्रतिवद्धताका साथ काम गरिरहेका छन् । दुई वर्ष अगाडिदेखि जीवन बीमा क्षेत्रमा पाइला चालेका श्रेष्ठ बीमा क्षेत्रमै लागेर जीवन सफल र समृद्ध बनाउन सकिन्छ भन्ने उदाहरण दिन सफल भएका छन् ।
पर्वत जिल्लाको फलेवास नगरपालिका –६ देविस्थानका श्रेष्ठ यतिबेला सिटिजन लाइफ इन्स्योरेन्सको कुश्मा शाखामा एजेन्सी म्यानेजरको रूपमा आवद्ध भएका छन् । सिटिजन लाइफको उत्कृष्ट बोनसदर, पर्याप्त तालीमबाट दीक्षित चर्चित श्रेष्ठ गण्डकी प्रदेशका उत्कृष्ट एजेन्सी म्यानेजर बन्न सफल भएका छन् ।
मिठो बोलीबचन, नम्र व्यवहारसँगै वित्तीय क्षेत्रको पर्याप्त ज्ञान र मानिसहरूलाई बीमा गर्न विश्वस्त गर्न सक्ने क्षमताले भरिपूर्ण रहेका उनले छोटो समयमै कम्पनीका विभिन्न योजनाहरू मिट गर्न सफल भएका छन् । जीवनमा आइपरेका हजारौं बाधा, अड्चनलाई आत्मसात गर्दै यति बेला उनी सुरक्षित राजमार्गमा आफ्ना पाइला चलाइरहेका छन् ।
पर्वत जिल्लाको फलेवास नगरपालिका वार्ड नं ६, देविस्थानमा बुवा नरेश कुमार श्रेष्ठ र आमा खिल कुमारी श्रेष्ठको जेठो छोरोको रूपमा २०३८ पौष १३ गते उनको जन्म भएको थियो । उनले भने, ‘पैसा कमाउनको लागि विदेश नै जानुपर्छ भन्ने पनि छैन नेपालमा नै गर्न सकिन्छ भन्ने उद्देश्यले म २०६६ सालदेखि फोटो तथा भिडियोग्राफी पेशावाट मेरो व्यावसायिक यात्रा शुरू गरे । त्यसपछि कपडा व्यवसाय र ट्राभल व्यवसायमा आवद्ध छु ।’
उनी २०८० सालदेखि अभिकर्ता पेशामा आवद्ध छन् । बीमा क्षेत्रमा आवद्ध गराउने सिटिजन लाइफ इन्स्योरेन्सका सिनियर एजेन्सी म्यानेजर ओमकार पौडेल, ब्रान्च म्यानेजर पुनम शर्मा, तथा रिजनल म्यानेजर दिपेन्द्र शर्मा लम्सालको भूमिका रहेको उनी बताउछन।
‘मलाई विभिन्न बीमा कम्पनीबाट अभिकर्ता बन्नका लागि प्रस्ताव आए तापनि मैले सिटिजन लाइफ इन्स्योरेन्स नै रोज्नुको कारण यस कम्पनीका बीमा योजनाहरू, ग्राहकलाई दिने सेवा सुविधाहरू, अभिकर्तालाई दिने सम्मान सहितको सुविधाहरू हुन ।’ उनले भने ।
बीमा अभिकर्ता भएको गर्व महसूस गर्दै उनले भने, ‘अहिले वार्षिक ५०–६० जनाको बीमा गर्दै आएको छु । कम्पनीले दिएको हरेक टार्गेट मिट गर्दै पहिलो वर्ष डाइमण्ड क्लबको विजेता बनेर अवार्ड हात पार्न सफल भएको थिएँ र यो वर्ष पनि प्लाटिनियम क्लब पुगेको छु र छिट्टै नै सन २०२६ को एमडीआरटी बन्दैछु ।’
उनले अभिकर्ता पेशाबाट कम्पनीले दिएको विभिन्न लक्ष्य पूरा गरी नेपालका विभिन्न ठाउँ र जापान, थाइल्याण्ड र वाली लगायतका देशमा भ्रमण समेत गरेका छन् । घर परिवारको साथ र आफ्नो क्षमताले बीमा क्षेत्रमा सफल भएको उनी बताउछन् । ‘मलाई यो क्षेत्रमा सफल बनाउनको लागि मेरी श्रीमती प्रमिला श्रेष्ठको प्रमुख भूमिका रहेको छ । उनैको साथ र सपोर्टले गर्दा छोटो समयमा नै म अहिले यो स्थानमा पुग्न सफल भएको छु ।’
‘बीमा क्षेत्रमा लागेर सम्मान सहितको आम्दानी र यस पेशाबाट समाजमा यति धेरै योगदान पुयाउन सकिन्छ भन्ने कल्पना पनि गरेको थिइनँ । यो सबै अवसर प्रदान गर्ने सिटिजन लाइफलाई धेरै धेरै धन्यवाद दिन चाहान्छु ।’
उनी भन्छन्, ‘बीमा दुःखको साथी हो । मानवीय जीवनमा आउन सक्ने जोखिम हस्तान्तरण गर्ने माध्यमका साथै आफू हुँदा आफ्नो लागि र आफू नहुँदा आफ्नो परिवारको लागि भविष्यमा आउन सक्ने आर्थिक जोखिम न्यूनिकरण गर्नको लागि सहयोग पुयाउने माध्यम हो ।’
उनका अनुसार मानव जीवनमा अकस्मात आउने विपत्तीबाट हुने भौतिक क्षति र त्यसवाट सिर्जना हुने आर्थिक क्षतिलाई न्यूनिकरण गर्ने काम बीमाले गर्छ र बीमा धनीकोलागि भन्दा पनि सामान्य परिवारको लागि अत्यन्तै महत्त्वपूर्ण छ ।
जीवन बीमाले सामान्य परिवारलाई बचत गर्ने बानीको विकाससगैं आफू र आश्रित परिवारलाई आर्थिक रूपमा सुरक्षित गराउने उनी बताउछन् । ‘अहिलेको समग्र नेपालको बीमा बजारको अवस्थालाई हेर्दा कम्तीमा पनि एक घर एक बीमा पोलिसी अनिवार्य हुनुपर्ने देखिन्छ ताकी भविष्यमा आउन सक्ने आर्थिक क्षतिलाई न्यूनिकरण गर्न सकियोस् ।’
अहिलेको व्यस्त जीवनशैली र अव्यवस्थित खानपानबाट निस्किने विभिन्न घातक रोगको कारण हामीले उपचार खर्च नभइ बाध्यात्मक भएर मृत्युको प्रतीक्षा गर्नुपर्ने अवस्था र उपचारमा सारा सम्पत्ति गुमाउनुपर्ने अवस्थाबाट बाहिर ल्याउनको लागि बीमाले महत्त्वपूर्ण भुमिका खेल्छ त्यसैले बीमा अनिवार्य रहेको उनको बुझाइ छ ।
सिटिजन लाइफमा प्रवेश गरेसँगै श्रेष्ठको जीवनमा आमूल परिवर्तन आएको छ । अभिकर्ता बनेसँगै श्रेष्ठको आत्मविश्वास र कार्यशैलीमा समेत सुधार आएको छ । बीमा व्यवसायमा रहेको अस्वस्थ प्रतिस्पर्धासँग जुध्दै उनले मध्य नेपालका नागरिकहरूको बीमा गरेर जीवन रक्षावरणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सफल भएका छन् ।
आम नागरिकको सेवा गरी बीमा सचेतना बढाउने र भविष्यमा बीमाको क्षेत्रको दायरा फराकिलो बनाउदै अगाडि बढ्ने प्रतिवद्धता र आत्मविश्वास बढेको उनी बताउछन् । आम नागरिकहरूलाई गाँस, बास र कपासपछिको महत्त्वपूर्ण कुरा जीवन बीमा रहेको भन्दै बीमितहरूको सेवामा निरन्तर समर्पित रहँदै आएका छन् । देशमा रहेको बेरोजगारीको समस्यालाई पनि निराकरण गर्न अभिकर्ता पेशाले महत्त्वपूर्ण भूमिका खेल्ने उनको धारणा छ ।
उनले आम नागरिकलाई व्यवसायिक अभिकर्तासँग बीमा गरेर जोखिम रक्षावरण गर्न आग्रह गर्नुका साथै आफ्ना बीमित, परिवार र सिटिजन लाइफलाई धन्यवाद व्यक्त गरेका छन् ।
साथै, उनले बीमितलाई कम्पनीसँग जोड्ने माध्यम मात्र नभई उनीहरुको विश्वास बोक्ने, संकटमा साथ दिने र आँशु पुछ्ने अदृश्य साहारा बन्न सकुँ भन्दै आगामी यात्रा पनि बीमितकै सेवामा समर्पित रहने दृढ संकल्पसहित अघि बढेका छन् ।