बढ्यो सुनको मूल्य, शुक्रबार प्रतितोला कति ?

१४ कार्तिक २०८२, शुक्रबार १०:४८

काठमाडौँ । निरन्तर घटी रहेको सुन आज भने बढेको छ । सुन तोलामा दुई हजार ७०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन तोलामा २ लाख ३९ हजार रुपैयाँमा किनबेच भइरहेको छ । अघिल्लो कारोबारको दिन भने सुन तोलामा दुई लाख ३६ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको थियो ।

यता, चाँदीको मूल्य पनि तोलामा ७० रुपैयाँले बढेर प्रतितोला तीन हजार ६० रुपैयाँ पुगेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*