माउण्टेन इनर्जीको लाभांश घोषणा, बोनस र नगद कति?

काठमाडौं । माउण्टेन इनर्जी नेपाल लिमिटेडले आफ्ना शेयरधनीहरूलाई लाभांश दिने घोषणा गरेको छ। कम्पनीको कात्तिक २० गते बसेको सञ्चालक समितिको बैठकले लाभांश घोषणा गरेको हो।
बैठकले हाल कायम चुक्त पूँजीको २० प्रतिशत बोनस शेयर र १.०५२६ प्रतिशत नगद लाभांश (कर सहित) वितरणको निर्णय गरेको छ। यो लाभांश विद्युत नियमन आयोगमा स्वीकृतिको प्रक्रियामा रहेको र स्वीकृत भई कम्पनीको अब हुने साधारणसभाले पारित गरेपछि शेयरधनीमा वितरण हुनेछ।
साथै कम्पनीले लाभांश वितरण र साधारणसभा प्रयोजनार्थ मंसिर १७ गते एक दिनका लागि बुक क्लोज गर्ने समेत निर्णय गरेको छ। बुक क्लोजको आधारमा मंसिर १६ गतेसम्म नेप्सेमा कायम शेयरधनीहरूले मात्रै लाभांश प्राप्त गर्नेछन्। लाभांश पारित गर्नका लागि आउँदो मंसिर २९ गते साधारणसभा बस्ने निर्णय पनि बैठकले गरेको छ।
1762490967691












