नेपाल पुनर्बीमाभित्र हिसाब–किताब गोलमाल, ताकेता गर्दा प्राधिकरण नै हैरान

३ मंसिर २०८२, बुधबार १७:२०

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीभित्र गत आर्थिक बर्षको हिसाब गोलमाल भएको भेटिएको छ । आव २०८०।०८१ को हर हिसाब नमिलेको कारण गत आवको चौथो त्रैमासिक वित्तीय विवरण समेत प्रकाशित गर्न सकेको छैन ।

बीमा प्राधिरणमा नेपाल पुनर्बीमा कम्पनीले आर्थिक बर्ष २०८०र८१ को वित्तिय विवरण समयमा बुझाउन नसक्दा कम्पनीका सिईओ र विभागीय टिमलाई नै छलफलमा बोलाइसकेको छ । प्राधिकरणले बारम्बार ताकेता दिएपनि कम्पनीले अडिटरको रिभ्यूमा नै अड्केको भन्ने वाहाना बनाउदै आईरहेको छ । कम्पनीका सिईओ सुरेन्द्र थापाले एकपछि अर्को वाहाना बनाउँदै गएपछि प्राधिकरण ताकेता दिएर वाक्कदिक्क हुन पुगेको छ ।

कम्पनीको गत बर्षको वित्तिय विवरण हिसाबमा गडबढी भएको कारण अडिट हुन नसकेको बुझिएको छ । हाल बीमा प्राधिकरणले विभागीय प्रमुखहरुसँग छलफल गर्दै आएपनि निष्कर्ष निकाल्न नसकेको बताइन्छ ।

यतिबेला कम्पनी सरकारी स्वामित्वमा रहेको बीमा कम्पनीहरु झै बीमा प्राधिकरणमा धाउने क्रम बढेको छ । यतिबेला कम्पनीको सम्बन्धित शाखा र प्राधिकरणको विभागीय प्रमुखबीच छलफल भने भईरहेको छ । प्राधिकरणले कम्पनीलाई अध्यक्षसम्क्षसँग पनि उक्त रिर्पोटिङ्ग गर्न निर्देशन दिइसकेको छ ।

यता कम्पनीको भ्यालुएसनमा बीमाा कम्पनीमार्फत लिनुपर्ने रकम अग्रिम भुक्तानीवापत बीमा कम्पनीहरुलाई दिएको रकम देखि कम्पनीको व्यवस्थापनसम्मको खर्चमा अपारदर्शिता देखिएको बुझिएको छ । सो कारण पनि भ्यालुएसनमा समय लागेको प्राधिकरणलाई जवाफ दिइएको छ । नेपाल पुनर्बीमा कम्पनीका सिईओ सुरेन्द्र थापाले जथाभावी खर्च गर्ने गरेको, बीमा प्राधिकरणका कर्मचारीहरुलाई उपहार दिने भन्दै लाखौं रुपैयाँ पेश्की समेत लिएको बुझिएको छ । तर, उक्त पेश्की रकमबाट उपहार दिए नदिएको खुल्न बाँकी छ ।

हिसाब किताब गोलमाल भएको पैसालाई कसरी व्यवस्थापन गर्ने भन्ने चक्करमा रहेको पाइएको छ । अडिटरले पनि कैफियको भारी बोकाउने र सो मार्फत कम्पनीको अपारदर्शी हिसाब किताब छलङ्ग हुने भएसँगै यतिबेला प्राधिकरणलाई कमपनीले अडिटरसँग रिभ्यू लिइरहेको र सो पश्चात् बोर्डमार्फत सर्वसम्मत पास भएपश्चात प्राधिकरणमा पेश गर्ने प्रतिवद्धता जनाएको पछिल्लो अद्यावधिक सूचनामा जनाइएको छ ।

कम्पनीको हिसाब किताब गडबडीको कारण केही समय अघि सिईओ व्यवस्थापन टोली र बोर्डमा यस बिषयमा भनाभन नै चलेको थियो । यसै सन्र्भमा निकै लामो समयसम्म कम्पनीका सिईओ सुरेन्द्र पौडेल कार्यालयमा अनुपस्थित समेत भएका थिए। सो कारण बोर्डमा पनि प्रत्यक्ष प्रभाव देखिएको थियो । पछि प्रहरीमा निवेदन दिएको नाटक गर्दै पुनः काममा फर्केका थिए ।

कम्पनीको आगामी बर्षको वित्तिय विवरणमा थप प्रभाव पर्न सक्ने कर्मचारी बताँउछन् । गत आर्थिक बर्षको भन्दा यस आर्थिक बर्षको हिसाबमा समस्या धेरै देख्न सक्ने ती अधिकारी बताँउछन् ।

०८१ सम्मको तथ्यांक अनुसार नेपाल रिको कस्तो छ वित्तीय अवस्था ?

कम्पनीले सार्वजनिक गरेको चैत ०८१ सम्मको तथ्यांकअनुसार कुल सम्पत्ति ३४ अर्ब ६४ करोड ४७ लाख ५६ हजार रुपैयाँ छ । कम्पनीको लगानी मात्रै २२ अर्ब ५३ करोड १६ लाख एक हजार रुपैयाँ रहेको छ, त्यसमा अधिकांश बैंकहरूको मुद्दती निक्षेपमा रहेको छ ।

कम्पनीको कुल इक्युटी भने २० अर्ब एक करोड ९७ लाख २९ हजार रुपैयाँ रहेको छ । त्यसमा सेयर पुँजी मात्रै १३ अर्ब ४२ करोड २१ लाख ८७ हजार रुपैयाँ छ ।

विशेष गरी कम्पनीको जगेडामा चार अर्ब ६७ करोड ८० लाख ३५ हजार, महाविपत्ति कोषमा ३७ करोड ८८ लाख ८८ हजार, रिटर्न अर्निङमा ७४ करोड ३७ लाख १९ हजार र अन्य इक्युटीमा ७९ करोड ६८ लाख ९८ करोड छ । आवश्यक परेको वेलामा विशेष जगेडा कोष, महाविपत्ति कोषलगायतका रकम प्रयोग गर्न सकिन्छ । कम्पनीले एक अर्ब आठ करोड ५६ लाख प्रोभिजनमा राखेको छ । चैतसम्म कम्पनीको बीमा दायित्व भने ११ अर्ब चार करोड ६५ लाख रुपैयाँ थियो ।

८१ चैत मसान्तसम्ममा कम्पनीले ५४ करोड ८२ लाख ३७ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । गत आवको नौ महिनामा कम्पनीले सात अर्ब ११ करोड ९९ लाख ६४ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।

One thought on “नेपाल पुनर्बीमाभित्र हिसाब–किताब गोलमाल, ताकेता गर्दा प्राधिकरण नै हैरान

  1. Ritesh Pudasaini says:

    7th paragraph ma thar milena jasto cha!

Leave a Reply to Ritesh Pudasaini Cancel reply

Your email address will not be published. Required fields are marked *


*