हिमालयन लघुवित्तको लाभांश प्रस्ताव राष्ट्र बैंकबाट स्वीकृत
२६ मंसिर २०८२, शुक्रबार १०:२७

काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना शेयरधनीहरूका लागि लाभांश प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएको छ।
कम्पनीले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट असार मसान्तसम्म कायम कुल चुक्ता पूँजीको ६.६५ प्रतिशत बोनस शेयर र ०.३५ प्रतिशत नगद लाभांश गरी कुल ७ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको थियो।
यो निर्णय नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइसकेको र कम्पनीको अब हुने वार्षिक साधारणसभाले पारित गरिसकेपछि सम्बन्धित शेयरधनीहरूमा वितरण गरिनेछ।











