कास्कीको मुद्दा फाँटका वरिष्ठ हवल्दार घूस सहित रंगेहात पक्राउ

१३ बैशाख २०८३, आईतवार ०७:५७

काठमाडौं । जिल्ला प्रहरी कार्यालय कास्कीको मुद्दा फाँटमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार विष्णु थापा क्षेत्री घूस रकम सहित रंगेहात पक्राउ परेका छन्।

पक्राउ परेका वरिष्ठ हवल्दार क्षेत्रीले लागूऔषध मुद्दामा सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग घूस/रिसवत माग गरेको सूचना प्राप्त गरेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पोखरास्थित कार्यालयबाट टोली खटिई गएको थियो।

अख्तियारको टोलीले वरिष्ठ हवल्दार क्षेत्रीमाथि निगरानी बढाइरहकोमा सेवाग्राहीबाट ५० हजार रुपैयाँ घूस लिएपछि घूस रकमसहित वैशाख १२ गते शनिबार रंगेहात पक्राउ गरेको हो। पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको खख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिएका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*