बीमा प्राधिकरणको अध्यक्ष नियुक्तिका लागि सरकारले बनायो सिफारिस समिति
११ बैशाख २०८३, शुक्रबार १९:४८

काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्ष नियुक्तिको लागि सरकारले सिफरिस समिति गठन गरेको छ ।
मन्त्रिपरिषद्को बैशाख ८ को निर्णयअनुसार डा. गुणाकर भट्टको संयोजकत्वमा डा. घनश्याम उपाध्याय सदस्य र बीमा विज्ञ डा. फत्तबहादुर केसी विज्ञ सदस्य रहेका छन्।
हाल अर्थ मन्त्रालयका सहसचिव मन्त्रालयको काम कारवाही सकिएपछिको एक घण्टाको समय प्राधिकरणलाई समय समय छुट्याउने गरेकी छिन् । नियमित रुपमा पूर्णकालीन काम नहुँदा प्राधिकरणमा नियामनको कैयौं कामहरु अलपत्र परेको छ ।
डा. गुणाकर भट्टको संयोजकत्वममा बनेको समतिले तीन जनाको नाम सिफारिस गर्नेछ र सरकारबाट एक जनालाई चार बर्षे कार्यकालको लागि अध्यक्ष नियुक्त गर्नेछ ।











