अर्थका हाकिम लिएर नेपाल रिका अध्यक्ष लम्सालको जम्बो टोली विदेश यात्रामा

६ बैशाख २०८३, आईतवार १४:०२

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको खर्चमा अर्थ मन्त्रालयका सह सचिव महेश आचार्य विदेश भ्रमणमा मस्त छन् । अर्का सह सचिव अमृत लम्सालको अफर नाई भन्न नसकेपछि उच्च स्तरीय वित्तीय क्षेत्र समन्वय महाशाखा प्रमुख महेश आचार्य काठमाडौंबाट स्वीटजरल्याण्डको यात्रामा निस्केका छन् ।

स्रोतका अनुसार नेपाल पुनर्बीमा कम्पनीका अध्यक्ष अमृत लम्साल अर्थमन्त्रालयका वित्तीय महाशाखाका प्रमुखलाई नै लिएर स्वीटजरल्याण्डतर्फ उडेपछि अहिले अर्थमा व्यापक चर्चा र परिचर्चाको बिषय बनेको छ । नेपाल पुनर्बीमा कम्पनीको शेयर खरिद रचिएको घोटाला काण्डबारे छानविन भइरहँदा कम्पनीका अध्यक्षले भने अर्थका हाकिम लिएर विदेश शयर गर्नुलाई अर्थपूर्ण रुपमा समेत हेरिएको छ ।

उता, नेपाल पुनर्बीमा कम्पनीकै डेपुटी सिईओ दामोदर भण्डारी, कम्पनीका फाइनान्स एण्ड इन्भेष्टमेन्ट तथा मार्केटिङ विभाग प्रमुख बिष्णु प्रसाद न्यौपाने पनि सँगै गएका छन् । कम्पनीको वित्तीय विवरण समयमा प्रकाशित नगर्ने, बार्षिक साधारणसभा समयमा आयोजना गर्दै नगर्ने अनि विदेश भ्रमण आउने वित्तिकै खुट्टा उचाल्ने कम्पनीभित्रको प्रवृत्ति पनि बढो रोचक नै देखिन आएको छ ।

नेपाल पुनर्बीमा कम्पनीका अनुसार ३ वटा रि इन्स्योरेन्स कम्पनीसँगको बिजनेश मिटिङका लागि उक्त टोली युरोप गएको हो । सिईओ सुरेन्द्र थापाले भने, विशुद्ध अफिसियल र तीन वटा पुनर्बीमा कम्पनीसँगको व्यापारिक बैठकका लागि उहाँहरु विदेश जानु भएको हो । अर्को छ अर्को छ । महिनामा २ पटक जानुपर्छ । यो सामान्य प्रक्रिया हो ।’

नेपाल पुनर्बीमा कम्पनीका कर्मचारीहरु विदेश जानु सामान्य कुरा हो । सम्भवतः महिनाका एक वा दुई पटक विदेश भ्रमण भइरहन्छ नै । तर, जब युरोप, अमेरिका र विलासी देशहरुमा जाने पालो आउँछ अर्थमन्त्रालय, बीमा प्राधिकरणदेखि नेपाल पुनर्बीमा कम्पनीभित्रैका कर्मचारीहरुले पनि विभिन्न किसिमले र्याल चुहाउने गर्दछन् ।

यस अघि २०८० सालमा तत्कालिन अध्यक्ष ईश्वरी प्रसाद अर्यालको पालामा पनि स्वीटजरल्याण्ड अर्थमन्त्रालयको तर्फबाट सह सचिव धनिराम शर्मा भट्टराई विदेश भ्रमणमा गएका थिए । उतिबेलाका सिईओ सिईओ रायमाझी । माया चापागाई, रञ्जु पुडासैनी, मनिषा लुईटेल विदेश गएका थिए ।

त्यसो त अर्थ मन्त्रालयका कर्मचारीहरु मातहतबाट हुने विदेश भ्रमणमा पछि लाग्ने प्रवृत्ति नयाँ होइन । कर्मचारी मात्रै नभएर सह सचिवलाई आएको पत्रमा अर्थमन्त्री वा मन्त्री नै विदेश जाने रोग नेपालको सिंहरदवारभित्र व्याप्त छ । केही अघि आईएमएफको बैठकमा भाग लिन सह सचिवलाई बोलाएको बेला अर्थमन्त्री डा. स्वर्णिम वाग्ले आफै जान खोजेका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*