शेखर गोल्छाविरुद्ध ४ दिन म्याद थप

११ बैशाख २०८३, शुक्रबार १८:१५

काठमाडौं । धितोपत्रसम्बन्धी कसुरको अनुसन्धानका क्रममा उद्योगी तथा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ । अदालतबाट चार दिनको म्याद अनुमति प्राप्त भएपछि उनीमाथि थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको हो ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले उनलाई बिहीबार काठमाडौंको नक्साल क्षेत्रबाट पक्राउ गरेको हो । धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसुरमा संलग्नताको आशंकामा उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

नेपाल धितोपत्र बोर्डले गरेको प्रारम्भिक छानबिन प्रतिवेदनका आधारमा हिमालयन रिइन्स्योरेन्स लिमिटेडका तत्कालीन अध्यक्ष गोल्छासहित केही व्यक्तिहरूको मिलेमतोमा अनियमितता भएको देखिएको दाबी गरिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*