नेपाल बैंकले कमायो २ अर्ब ७९ करोड नाफा, अन्य सूचकको अवस्था कस्तो?

काठमाडौं । नेपाल बैंक लिमिटेडले चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ। उक्त वित्तीय विवरण अनुसार बैंकले चालू आवको चैत मसान्तसम्म २ अर्ब ७९ करोड २९ लाख रुपैयाँ खुद नाफा कमाएको हो।
बैंकले गत आवको चैत मसान्तसम्म २ अर्ब ७८ करोड ३९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। त्यसको तुलनामा चालू आवमा ०.३४ प्रतिशतको सामान्य वृद्धि देखिएको हो। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी पनि ७ अर्ब १० करोड ७ लाख रुपैयाँबाट ३ प्रतिशतले बढेर ७ अर्ब ३१ करोड ३२ लाख रुपैयाँ पुगेको छ।
आम्दानीमा वृद्धि आएसँगै बैंकको कुल सञ्चालन आम्दानी पनि ८ अर्ब ५६ करोड ८६ लाख रुपैयाँबाट २.४६ प्रतिशतले वृद्धि भई ८ अर्ब ७७ करोड ९० लाख रुपैयाँ नाघेको छ। यससँगै बैंकको सञ्चालन मुनाफा पनि ४ अर्ब ३१ करोड २७ लाख रुपैयाँबाट १२.५२ प्रतिशतले वृद्धि भई ४ अर्ब ८५ करोड २८ लाख रुपैयाँ पुगेको छ।
समीक्षा अवधिमा बैंकको वितरणयोग्य मुनाफा ३० करोड ६२ लाख रुपैयाँबाट बढेर ३२ करोड १३ लाख रुपैयाँ पुगेको छ भने प्रतिशेयर आम्दानी २५.२६ रुपैयाँबाट बढेर २५.३४ रुपैयाँ पुगेको छ। खराब कर्जा ५.४५ प्रतिशतबाट घटेर ४.९६ प्रतिशतमा झरेको छ। बैंकको प्रतिशेयर नेटवर्थ २७२.७९ रुपैयाँ र बेस रेट ४.७१ प्रतिशत रहेको छ।
चुक्ता पूँजी १४ अर्ब ६९ करोड ४० लाख रुपैयाँ रहेको यस बैंकको जगेडा कोषमा २५ अर्ब ६ करोड ८८ लाख रुपैयाँ सञ्चिति रहेको छ। बैंकले चैत मसान्तसम्म २ खर्ब ३९ अर्ब ४४ करोड ४६ लाख रुपैयाँ ग्राहकमा कर्जा प्रवाह गरी ३ खर्ब ८४ अर्ब ३७ करोड ९२ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ।











