नेपाल पुनर्बीमा कम्पनीको सञ्चालकमा राजु प्रसाद प्याकुरेल नियुक्त
१६ बैशाख २०८३, बुधबार १०:१७

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेड (नेपाल रि) को सञ्चालक समितिको सदस्य पदमा राजु प्रसाद प्याकुरेल नियुक्त भएका छन्।
नेपाल सरकार अर्थ मन्त्रालय वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा सिंहदरबार काठमाडौंको वैशाख १५ गतेको अर्थमन्त्रीस्तरीय निर्णयबाट प्याकुरेललाई सञ्चालक सदस्य पदमा मनोनयन गरिएको हो।











