वन्यजन्तुबाट हुने क्षतिलाई बीमा प्रणालीमा आवद्ध गर्ने तयारी

२६ असार २०८३, शुक्रबार १७:२५

काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले वन्यजन्तुबाट हुने क्षतिलाई बीमा प्रणालीाम आवद्ध गर्ने तयारी गरिरहेको बताएकी छन्।

आज राष्ट्रिय सभाको बैठकमा उठेको प्रश्नको जवाफ दिने क्रममा उनले मानव र वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि मन्त्रालय सक्रिय रूपमा लागिपरेको बताएकी छन्।

उनले वन्यजन्तुबाट हुने क्षतिलाई न्यूनीकरण गर्न बीमा प्रणालीमा आवद्ध गर्न नेपाल बीमा प्राधिकरणले यसको सम्भावनाबारे अध्ययन गरिरहेको बताएकी हुन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*