सर्लाहीमा पनि आत्मदाहको प्रयास, उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइँदै
२६ असार २०८३, शुक्रबार १८:२२

काठमाडौं । सर्लाहीको गोडैता नगरपालिकामा पनि एकजना युवकले आत्मदाहको प्रयास गरेका छन्।
३५ वर्षीय विवेक मण्डलले आफूमाथि पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका हुन् भने उनलाई उद्धार गरेर उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइँदैछ।
सर्लाहीका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अमरेशकुमार सिंहले मण्डलको अवस्थाा नाजुक रहेकोले प्रधानमन्त्री, गृहमन्त्री र पार्टी सभापति रवि लामिछानेलाई पनि जानकारी गराइसकिएको बताएका छन्।
जानकारी पाएलगत्तै हेलिकप्टरमार्फत उद्धार गरिएको र निःशुल्क उपचारको व्यवस्था पनि मिलाइएको सांसद सिंहले बताएका छन्।











