एनसेलमा भू–सेवाको ओटीपी नआउने, सिम परिवर्तन गर्न आग्रह

२८ असार २०८३, आईतवार १४:०४

काठमाडौं । भूमि व्यवस्था तथा अभिलेख विभाग र एनसेल आजिआटा लिमिटेडबीच एसएमएस सेवा सम्बन्धी सम्झौता नवीकरण नभएपछि एनसेल सिममा ओटीपी (कोड) आउन बन्द भएको छ।

विभागले एक सूचना जारी गर्दै एनसेलले एसएमएस सेवा सम्झौता नवीकरण गर्न ध्यान नदिएको भन्दै ओटीपी सेवा बन्द गरिएको जानकारी दिएको छ।

विभागले एनसेल सिम प्रयोग गर्ने भू–सेवा केन्द्रहरूलाई एनटीसीमा परिवर्तन गर्न आग्रह समेत गरेको छ। यसका लागि विभागको इमेलमा निवेदन पत्र पठाउन आग्रह पनि गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*