आजबाट सुर्य कर्कट राशीमा, साउने संक्रान्ति भव्य रुपमा मनाइदै

१ श्रावण २०८३, शुक्रबार ०७:२८

काठमाडौं । देशैभरि रोपाई गर्ने कार्य भर्खरै मध्य भएको छ । आज साउने संक्रान्ती भव्य रुपमा मनाइदैछ । देशैभरि साउने संक्रान्ति आ आफ्नै शैलीमा मनाइरहेका छन् । सूर्य मिथुन राशीबाट कर्कट राशिमा प्रवेश गर्ने दिन पनि आजै हो ।

सुर्य कर्कट राशीमा प्रवेश गरेसँगै सूर्य दक्षिण हुँदै यात्रा गर्ने भएकाले आजैदेखि दक्षिणायन सुरु भएको मानिन्छ । माघ १ गते सुुरु हुने उत्तरायण र साउन १ गते सुरु हुने दक्षिणायनका दिनलाई विशेष रुपमा मनाइन्छ । त्यसैले पनि अन्य संक्रान्ति भन्दा माघे संक्रान्ति र साउने संक्रान्तिलाई पृथ्वीसँग जोडिएको पर्वको रुपमा हेरिन्छ ।

आज विहान विभिन्न पुजाआजा गरिन्छ । मिठो मिठो बनाएर खाने तथा साँझ लुतो फालेर साउने संक्रान्ति मनाइन्छ । परम्पराअनुसार कागभलायो, कुकरदाइनो, लुतेझार, पानीअमला, कागती, अम्बा, नासपाती आदि औषधिका रुपमा समेत प्रयोग हुने वनस्पति राखेर कण्डारक नाम गरेका राक्षसको पूजा गरी बलिरहेको अगुल्टोलाई लहै लुतो जा है भन्दै ठूलो स्वरमा कराएर झाडी, अध्यारोतिर फालेर लुतो फाल्ने पर्व पनि मनाइन्छ । लुतो फालीसकेपछि पुजा गर्न गरिएको नाङ्लो ठटाउने, शंख फुक्ने, घण्ट बजाउने, ढोका बन्द गर्ने चलन नेपाली समाजमा छ ।

पछिल्ला दिनहरुमा भारतीय बढ्दै जाँदा साउन महिनामा शिवको पुजा गरेर मनाउने चलन पनि नेपाली समाजमा बढ्दै गएको छ । दक्षिण भारतीय संस्कृतिमा सोमबार र साउन महिना शिवको उपासना, पुजा र ब्रत बस्न उपयुक्त हुने समयको रुपमा मनाइन्छ ।

तस्विरः सचिन रिजाल

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*