समस्याग्रस्त सहकारीका ३४१ बचतकर्ताले पाए बचत फिर्ता

१९ श्रावण २०८३, मंगलवार १०:२१

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले कान्तिपुर सेभिङ एन्ड क्रेडिट सहकारी संस्थाका ३३४ जना बचतकर्ताको बचत फिर्ता गरेको छ भने पशुपति सहकारीका ७ जना बचतकर्ताले पनि आफ्नो बचत फिर्ता पाएका छन् ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका अनुसार समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमार्फत दुई सहकारीका गरी ३४१ जना बचतकर्तालाई बचत रकम फिर्ता गरिएको हो ।

समितिले साउन १ गतेदेखि १५ गतेसम्मको अवधिमा विभिन्न समस्याग्रस्त सहकारीका ६५ जना ऋणीबाट रकम असुल गरेको जनाएको छ । ऋणीबाट असुल भएको रकमलाई नै पीडित बचतकर्ताको बचत फिर्तामा प्रयोग गरिएको मन्त्रालयले बताएको छ ।

सरकारले समस्याग्रस्त सहकारीका ऋणीबाट रकम असुली गरी प्राप्त हुने रकम बचतकर्तालाई फिर्ता गर्ने प्रक्रिया अघि बढाइरहेको जनाएको छ । यसबाट सहकारीमा बचत रकम फसेका पीडितलाई क्रमशः रकम फिर्ता गरिने मन्त्रालयले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*