महङ्गियो सुनको मूल्य, बुधबार प्रतितोला कति ?
२० श्रावण २०८३, बुधबार १०:५१

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा चार हजार २०० रुपैयाँले उकालो लागेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८८ हजार रुपैयाँमा कारोबार भइरहेको छ । आज प्रति १० ग्राम छापावाल सुनको मूल्य दुई लाख ४६ हजार ९१५ रुपैयाँ कायम भएको हो ।
यता, चाँदीको मूल्य पनि तोलामा ९५ रुपैयाँले बढेर प्रतितोला चार हजार ४७५ रुपैयाँमा किनबेच भइरहेको छ ।











