एकैदिन सुन तोलामा ८ हजार रुपैयाँले बढ्यो, अब प्रतितोला कति ?

२१ श्रावण २०८३, बिहीबार ११:०५

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यमा उच्च वृद्धि भएको छ । सुन एकैदिन तोलामा ८ हजार रुपैयाँले उकालो लागेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख ९६ हजार रुपैयाँ पुगेको छ। १० ग्राम सुनको मूल्य पनि बढेर दुई लाख ५३ हजार ७७० रुपैयाँ पुगेको हो ।

यता, चाँदीको मूल्य पनि तोलामा ९५ रुपैयाँले बढेको छ। आज चाँदी प्रतितोला चार हजार ५७० रुपैयाँ पुगेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*