ट्याङ्करबाट पेट्रोल निकालेर बिक्री गर्ने गिरोह पक्राउ, पम्प सञ्चालक पनि संलग्न

२२ श्रावण २०८३, शुक्रबार ११:१०

काठमाडौं । पर्साको वीरगञ्ज महानगरपालिका–१४ स्थित बाइपास सडकखण्डमा पेट्रोलियम पदार्थ बोकेको ट्याङ्करबाट पेट्रोल चोरी गरी बिक्री गर्ने कार्यमा संलग्न रहेको आरोपमा पेट्रोल पम्पका साहुसहित सात जना पक्राउ परेका छन्।

बिहीबार साँझ ना ७ ख १५३९ नम्बरको पेट्रोलियम पदार्थ बोकेको ट्याङ्करबाट पेट्रोल निकाल्दै गरेको अवस्थामा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा पेट्रोल पम्पका साहु ५५ वर्षीय सुनैन मियाँ, पम्पमा लेखाको काम गर्ने २३ वर्षीय असलम हवारी, क्यासियर २१ वर्षीय रफिक मियाँ, ना ७ ख २८०४ नम्बरको ट्याङ्करका सहचालक २० वर्षीय सन्देश राना मगर, सोही ट्याङ्करका चालक ४६ वर्षीय केशर राम सुनार, ना ७ ख १५३९ नम्बरको ट्याङ्करका सहचालक २७ वर्षीय उमेश राना मगर तथा चालक ५० वर्षीय मन्द सिंह लामा रहेका छन्।

प्रहरीका अनुसार पक्राउ परेकामाथि पेट्रोल चोरी तथा बिक्रीसम्बन्धी घटनामा संलग्नताको विषयमा आवश्यक अनुसन्धान भइरहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*