नेपाल लाइफका ४० जना बीमा अधिकर्ताहरु मलेसिया भ्रमणमा

२३ श्रावण २०८३, शनिबार ०८:५३

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा कार्यरत दर्जनौं बीमा अभिकर्ताहरु रिफ्रेसमेन्ट तालिम, अनुभव आदानप्रदानको सिलसिलामा मलेसिया पुगेका छन् । हिजो साँझको उडानमार्फत करिब ५० जना बीमा अभिकर्ताहरु पाँच दिने भ्रमणको क्रममा मलेसिया पुगेका हुन् ।

गत बर्षको हिउँदे सिजनमा तोकिएको बीमा व्यवसायको लक्ष्य पुरा गरेका बीमा अभिकर्ताहरुलाई मलेसिया भ्रमण गराइएको हो । नेपाल लाइफमा कार्यरत रहेका देशैभरिबाट छनौट भएका बीमा अभिकर्ताहरुलाई मलेसिया भ्रमण गराइएको हो । पाँच दिने मलेसिया भ्रमणको क्रममा क्रुज यात्रा, विभिन्न स्थानको अवलोकन भ्रमण, बातुकेभ लगायतको क्षेत्रको भ्रमण हुने जनाइएको छ ।

पछिल्लो दशकमा मलेसियाले भौतिक पूर्वाधार, औद्योगिक क्षेत्र, सूचना प्रविधि र वित्तीय क्षेत्रमा उल्लेख्य प्रगति गरेर नमुना राष्ट्र बन्न सफल भएको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*