पाकिस्तान–टर्की–साउदीबीचको मक्का सम्झौताले विश्व तरंगित, नाटोको विकल्प बन्नसक्छ मक्का

२३ श्रावण २०८३, शनिबार ०९:५७

काठमाडौं । अगस्त ७ मा पाकिस्तान, साउदी अरेबिया र टर्कीका बीचमा साउदी अरबको पवित्र धार्मिक स्थल मक्कामा गरिएको साझा सुरक्षा सम्झौताले विश्व राजनीतिक मञ्चमा नयाँ तरंग पैदा गरिदिएको छ ।

टर्कीका राष्ट्रपति रिसिप ताइप इर्डोगान, साउदी अरबका राजकुमार मोहम्मद विन सलमान र पाकिस्तानका प्रधानमन्त्री सेहवाज सरिफले साझा अवधारणा पत्रमा हस्ताक्षर गरेका छन् । तीन देशहरुले २९ बिलियन डलरको आर्थिक पुनरुत्थान प्याकेज समेत अघि बढाएका छन् । विश्वका तीन वटा शक्तशाली देशहरुका बीचमा सम्पन्न नयाँ सम्झौताले आर्थिक र सैन्य क्षेत्रमा रणनीतिक परिचालन हुने विश्वास गरिएको छ ।

साउदी अरेबिया, टर्की र पाकिस्तानबीच संयुक्त रक्षाका लागि मक्का अल–मुकर्रमाह शिखर सम्मेलनमा हस्तार भएपछि जारी संयुक्त वक्तव्य भनिएको छ, दुई पवित्र मस्जिदका संरक्षक राजा सलमान बिन अब्दुलअजिज अल साउदको दयालु निमन्त्रणामा टर्की गणतन्त्रका राष्ट्रपति रेसेप तैयप एर्दोगान र पाकिस्तान इस्लामिक गणतन्त्रका प्रधानमन्त्री मुहम्मद शहबाज सरिफले अगस्त ७, २०२६ मा साउदी अरेबियाको भ्रमण गर्नुभयो। महामहिम क्राउन प्रिन्स र प्रधानमन्त्री मोहम्मद बिन सलमान बिन अब्दुलअजिज अल साउदले राष्ट्रपति एर्दोगान र प्रधानमन्त्री सरिफलाई मक्काको अल–सफा दरबारमा स्वागत गर्नुभयो, जहाँ संयुक्त रक्षाका लागि मक्का अल–मुकर्रमाह शिखर सम्मेलन आयोजना गरिएको थियो । उक्त अवसरमा साउदी अरेबिया, टर्की र पाकिस्तानबीचको विशिष्ट सम्बन्धका साथै पारस्परिक हितका विभिन्न विषयमा समीक्षा गरिएको थियो । तीनवटै देशहरूलाई जोड्ने भ्रातृत्व र इस्लामिक ऐक्यबद्धताको स्थायी बन्धनमा आधारित दीर्घकालीन ऐतिहासिक सम्बन्धबाट निर्देशित हुँदै र तिनीहरूको साझा रणनीतिक हित र लामो समयदेखिको रक्षा सहयोगलाई थप सुदृढ बनाउँदै, महामहिम क्राउन प्रिन्स, टर्कीका राष्ट्रपति र पाकिस्तानका प्रधानमन्त्रीले ’मक्का संयुक्त रक्षा सम्झौता’ मा हस्ताक्षर गर्नुभयो । यसले सामूहिक सुरक्षालाई थप मजबुत बनाउन र सुरक्षित तथा समृद्ध भविष्यको खोजीमा यस क्षेत्र र बाहिर पनि शान्ति, सुरक्षा र स्थिरता प्रवद्र्धन गर्न तीनवटै देशको साझा प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ । यो सम्झौता कुनै पनि आक्रामक कार्यविरुद्ध सामूहिक प्रतिरोधलाई बलियो बनाउने उद्देश्यले गरिएको हो, र यसले तीनमध्ये कुनै एक राज्यविरुद्ध हुने सशस्त्र आक्रमणलाई ती सबैमाथि भएको आक्रमण मानिने व्यवस्था गरेको छ ।’

उल्लेखित बक्तव्यमा उक्त साझा रक्षा र प्रतिरक्षा सम्झौताभित्र के के छ भनेर बाहिर आइसकेको छैन । यद्यपि केही अन्तर्राष्ट्रिय माध्यमहरुले सैन्य सहयोग, सामूहिक प्रतिरक्षा, गुप्तचरी सूचनाहरुको साझेदारी गर्ने, इस्लामको रक्षा गर्ने स्पष्ट उल्लेख भएको देखिन्छ । नयाँ सम्झौतासँगै अब सामूहिक प्रतिरक्षा गर्ने भन्ने वित्तिकै नाटो जस्तै नयाँ संगठन बनाएर सामूहिक प्रतिरक्षा गर्न खोजेको देखिन आएको छ । मुख्य रुपमा साउदी अरेबियाले उक्त शिखर सम्मेलनको आयोजना गरेको थियो ।

इरान र अमेरिकाबीचमा जारी युद्धकै बीचमा भएको नयाँ सम्झौताले अब मध्यपूर्वमा नयाँ सैन्य गठबन्धन बन्ने देखिएको छ । जसले अमेरिकालाई बाध्यपार्दै मध्यपूर्वबाट भाग्नुपर्ने अवस्था आउने निश्चित देखिन आएको छ । उक्त मक्का प्रतिरक्षा गठबन्धनमा इरान तथा मध्यपूर्वका अन्य देशहरु पनि सहभागी हुनसक्ने देखिएको छ । यसले अमेरिकालाई थप एक्ल्याउने र मध्यपूर्वमा अमेरिकी उपस्थिति अन्त्य गर्ने देखिएको छ ।

नयाँ सम्झौताले इजरायललाई थप तनाव पार्ने देखिएको छ । मुश्लिम देशहरुलाई धर्मकै आधारमा युद्ध थोपरेर क्रूर, अमानवीय र आततायी युद्ध गरिरहेको इजरायलका विरुद्धमा अब मुश्लिम देशहरुले सामूहिक रुपमा प्रतिवाद गर्नसक्ने र त्यसले इजरायलको मानवता विरोध धार्मिक युद्ध अन्त्य गर्न सकिने सम्भावना पनि उत्तिकै छ । हतियारको आडमा इजरायलले गाजा, लेबनान र सिरियामा गरी एक लाख भन्दा बढि मानिसहरुको ज्यान लिइसकेको छ भने गाजामा आम नरसंहार गरिएकोछ ।

अमेरिकाले इरान विरुद्ध युद्ध लड्न नसकी आत्मसमर्पण गर्ने अवस्थामा पुगेपछि आफ्नो देशको सुरक्षा गर्न अमेरिकी सेना पर्याप्त नभएको र औचित्य समेत नभएको विश्लेषण साउदी अरेबियाले गरेपछि नयाँ परिवर्तित परिस्थितिमा नयाँ सैन्य गठबन्धन बनाएको देखिन आएको छ । यस नयाँ सम्झौताले विश्व राजनीति र विश्वको राजनीतिक संरचनाको नक्सा नै बदलिदिन सक्ने सम्भावना उत्तिकै छ ।

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*