भियना महासन्धी विपरित अमेरिकी दुताबासका चार्ज डि अफेयर्ससँग भेटवार्ता गर्दै प्रधानमन्त्री

२३ श्रावण २०८३, शनिबार २२:५८

काठमाडौं । भियना महासन्धी १९६१ को आर्टिकल १४ मा राजदूत र चार्ज डि अफेयर्सलाई फरक फरक ओहदा भनि व्याख्या गरिएको छ । साथै सो महासन्धी अनुसार चार्ज डि अफेयर्सले कुनै पनि देशको प्रधानमन्त्रीसँग सिधैं भेटवार्ता गर्न पाउँदैनन् । विश्वभर अहिले पनि व्यापक प्रचलनमा रहेको भियना महासन्धी १९६१ अनुसार चार्ज डि अफेयर्सले परराष्ट्र मन्त्री वा सो मन्त्रालयका उच्च अधिकारीसम्मलाई मात्रै प्रत्यक्ष भेटवार्ता गर्ने अधिकार हुन्छ ।

उक्त व्यवस्था विपरित नेपालको प्रधानमन्त्री पदमा बहाल रहेका बालेन्द्र शाहले आगामी मंगलबार काठमाडौंस्थित अमेरिकी दुताबासका चार्ज डि अफेयर्स स्कट उर्बमसँग भेटवार्ता गर्दैछन् ।

सरकारको नेतृत्व गरिरहेका बालेन्द्र शाहले आफू प्रधानमन्त्री बने लगत्तै कडा कुटनीतिक मर्यादा बस्ने र विदेश मन्त्री वा सो सरहको प्रोटोकललाई मात्रै भेट्ने र सो भन्दा तल्लो तहका कसैलाई पनि नभेट्ने नियम बनाएका थिए । सो अनुसार सुरुका केही समय अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको बिशेष दूत सर्गियो गोर गत बैशाख १६ गते काठमाडौं आएका थिए । उतिबेला बालेन्द्र शाहले प्रोटोकल नमिलेको भन्दै गोरसँग भेट्न अस्वीकार गरे । उति त्यतिकै फर्किए ।

काठमाडौंस्थित अमेरिकी दुताबासमा अहिले राजदूत पद रिक्त छ । दुताबासमा परराष्ट्र सेवाका बरिष्ठ करिअर सदस्य स्कट उर्बम चार्ड डि अफेयर्स (कार्यबाहक राजदूत) पदमा कार्यरत छन् । उनै उर्बमसँग बालेन्द्र शाहले भेट गर्न लागेका हुन् । बालेन्द्र शाहले आगामी मंगलबार अमेरिकी कार्यबाहक राजदूतसँग भेटवार्ता गर्न लागेको सम्बन्धी समाचार कान्तिपुरले अनलाईन संस्करणमा उल्लेख गरेको छ ।

काठमाडौंस्थित अमेरिकी राजदूत पदमा अमेरिकाको राष्ट्रपतिले नै मनोनित गर्नुपर्दछ र अमेरिकी सिनेटले समेत अनुमोदन गरेपछि मात्रै राजदूत हुनेछन् । नेपालमा राजदूत बनेर आएकाहरु मिनिस्टर काउन्सिलर तहका कर्मचारीहरु थिए । जनवरी २६, २०२६ देखि काठमाडौंस्थित अमेरिकी दुताबासमा राजदूत नियुक्ती गरिएको छैन र कामुको भरमा चलिरहेको छ । बालेन्द्र शाहले राष्ट्रपति ट्रम्पका विशेष दूत बनेर आएका व्यक्तिलाई कुटनीतिक मर्यादा विपरित मात्रै होइन, सामान्य कुटनीतिक मर्यादा समेत नराखी फिर्ता गरिएपछि नयाँ राजदूत नियुक्त गरिएको छैन ।

जब ओभरस्टन्टका कारण कुटनीति नै अप्ठेरोमा पर्यो अनि प्रधानमन्त्री पदमा बहाल रहेका बालेन्द्र शाहले जुनियर कर्मचारीसँग राजदूतको हैसियतमा भेटवार्ता गर्न तयार भएर अर्को त्रुटी गरेका छन् । अन्तर्राष्ट्रिय अभ्यास र भियाना महासन्धी विपरित सामान्य तहको कर्मचारीलाई प्रधानमन्त्री आफैले भेट्ने समय मिलाइसकेको बुझिएको छ ।

अब प्रश्न उठेको छ, हिजो राष्ट्रपतिको बिशेष दूत बनेर आएका प्रतिनिधिलाई प्रोटोकल मिलेन भनेर फर्काउने तर अहिले सम्बन्ध बिग्रियो भनेर राजदूत भन्दा पनि तल्लो तहका कर्मचारीसँग हात मिलाउने बालेनको कार्यशैलीले अचम्मित मात्रै तुल्याएको छैन बालेन शाह आफ्नै प्रतिबद्धतामाथि नै प्रश्न गर्ने ठाउँमा झरेका छन् । फेरि नयाँ प्रश्न उठ्छ, एउटा गल्ती सच्याउने नाममा अर्को महागल्ती गर्दा पनि थाहा नपाउने बालेनको कार्यशैली कस्तो ? बालेनको टिममा भियना महासन्धीबारे पढेका विज्ञहरु नै छैनन् कि ! नयाँ प्रश्न जन्मिएको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*