हराएका पूर्वमेयर किरण सिंह जंगलमा मृत फेला

२४ श्रावण २०८३, आईतवार १८:१२

काठमाडौँ । कपिलवस्तुको जंगलमा हराएका कपिलवस्तु नगरपालिकाका पूर्वमेयर किरण सिंह मृत अवस्थामा फेला परेका छन्।

कपिलवस्तु नगरपालिका–३ देवनगडियाका अन्दाजी ६५ वर्षीय सिंह गत साउन २२ गते साँझ ५:३० बजेदेखि हराएका थिए। उनी बुद्धभूमि नगरपालिका–२ गोरुसिंगेस्थित तौलिहवा सडकखण्डको तिलौराकोट सामुदायिक जंगलमा हराएका थिए।

हराएपछि खोजतलास गर्ने क्रममा साउन २४ गते दिउँसो सोही सामुदायिक जंगलमा सिंह मृत अवस्थामा फेला परेका हुन्। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*