कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, कम्तीमा १३० जनाको मृत्यु
२६ श्रावण २०८३, मंगलवार ०८:३३

काठमाडौ । कोलम्बियाको पश्चिमी क्षेत्रमा स्थानीय समयअनुसार बिहान ७ बजेर ३४ मिनेटमा चोको प्रान्तलाई केन्द्रबिन्दु बनाएर ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ ।
भूकम्पमा परी हालसम्म १३० जनाको ज्यान गएको छ भने भत्किएका भवनहरूमा उद्धारकर्मीहरूले फसेका मानिसहरूको खोजी गरिरहेका छन् । दशकौंपछि आएको उक्त विनाशकारी भूकम्पपछि देशमा आपत्काल घोषणा गरिएको छ ।
उक्त भूकम्पको धक्का सयौं माइल टाढाका छिमेकी देशहरू भेनेजुएला, एक्वेडर र पानामासम्म महसूस गरिएको छ । प्रारम्भिक विवरणमा कम्तीमा १५ सयभन्दा धेरै भवनहरू भत्किएको बताइएको छ ।











