मुद्दा हारेपछि सर्वोच्च अदालतको भवनबाट हामफाल्ने प्रयास
९ भाद्र २०८३, मंगलवार १४:४३

काठमाडौं । सर्वोच्च अदालतको भवनबाट मंगलबार मुद्दा हारेपछि एक व्यक्तिले हामफाल्ने प्रयास गरेका छन् ।ती व्यक्तिलाई सुरक्षाकर्मीले सकुशल उद्धार गर्न सफल भएको छ ।
ती व्यक्तिको परिचय लालबहादुर राई भनेर खुलेको छ। उनले सोमबार ठगीसम्बन्धी मुद्दा हारेका थिए । ‘सर्वोच्चले आफूलाई हराएको’ भन्दै सुसाइड नोट समेत लेखेर राई सर्वोच्चको पाँचौ तल्लामा पुगेका थिए ।









