दुई कम्पनीको शेयरमूल्यमा सर्किट, अन्य यी कम्पनीका लगानीकर्ता मालामाल !
९ भाद्र २०८३, मंगलवार १५:०५

काठमाडौं । साता कारोबारको दोस्रो दिन मंगलबार नेप्से परिसूचक ५.३० अंकले घटेर २५९४.२७ को विन्दुमा कायम भएको छ। यसदिन १८७ कम्पनीको शेयरमूल्य घट्दा ७८ कम्पनीको भने बढेको हो।
आज सर्वाेत्तम पेन्ट्स इण्डष्ट्रिज र क्रेष्ट माइक्रो लाइफको शेयरमूल्य सर्किट लेभलमा बढेको छ। त्यस्तै नाडेप लघुवित्त, एभरेष्ट कलर र कालिञ्चोक हाइड्रोपावर लिमिटेडको पनि शेयरमूल्य सर्वाधिक बढेको छ।
त्यसैगरी मकर जितुमाया सुरी हाइड्रोपावर, सयपत्री हाइड्रोपावर, आरबिबि फोकस ४०, स्नो रिभर्स लिमिटेड र कुमारी इक्विटी फण्डको शेयरमूल्य सर्वाधिक वृद्धि भएको छ।










