रसुवामा बीमा कम्पनी कार्यालयका कर्मचारीहरु बाहिरबाटै केन्द्रिय कार्यालयमा सम्पर्कमा

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढी प्रभावित क्षेत्रमा रहेका तीन बीमा कम्पनीका शाखा कार्यालयहरू बाढीको असरमा परेको अनुमान गरिएको छ । रसुवामा बीमा कम्पनीहरु कार्यालयका कर्मचारीहरु बाहिरबाटै केन्द्रिय कार्यालयमा सम्र्पकमा आईहरेका छन् ।
कर्मचारीहरु कायार्लय परिसरबाट टाढाको दुरीमा रहेको कारण क्षति भएको वा नभएको तत्काल जानकारी नआएको नेपाल बीमक संघका अध्यक्ष विरेन्द्र वैदरवार क्षेत्री बताँउछन् ।
कर्मचारीहरुसँग निरन्तर सहकार्य भईरहेको क्षेत्रीले बीमापोष्टलाई जानकारी दिएका छन् । कम्पनीहरुले सर्भेयर खटाउने बिषयमा भने त्यस स्थानमा जाने वातावरण भएपछि काम सुचारु गरिने बताए ।
त्यस क्षेत्रमा शिखर इन्स्योरेन्स, नेपाल लाइफ र एशियन लाइफ लगायतका शाखा कार्यालयहरू रहेका थिए ।
रसुवाको घुम्तीमा रहेको शिखर इन्स्योरेन्सका कर्मचारीहरु सम्र्पकमा रहेको कम्पनीका सिईओ दिप प्रकाश पाण्डेले बीमापोष्टलाई जानकारी दिएका छन् । संकटको घडीमा कार्यालयको भैतिक अवस्था भन्दा कम्पनीलाई कर्मचारीहरु सुरक्षित रहेस् भन्ने हाम्रो कामना हो भन्ने जवाफ उनले दिए । शाखा कार्यालयमा भने सम्र्पक नभएको उनले बताए ।
बाढीले सबैजसो बीमा कम्पनीका तथा भौतिक संरचना बगाएको वा पूर्ण रूपमा क्षति गरिएको अनुमान नेपाल बीमक संघले गरेको छ।
बाढीले सबै शाखामा क्षति पुगेको अनुमान गरिएको छ’, ‘त्यहाँ सम्पर्क हुन नसकेका कारण क्षतिको विवरणका संकलन गर्न नै समस्या भएको छ ।’
कर्मचारीहरू भने सम्पर्कमा आएर आफूहरू सुरक्षित रहे पनि कार्यालय नरहेको जानकारी गराएको अध्यक्षले बताए ।क्षतिग्रस्त शाखाहरूको यकिन क्षति विवरण संकलन गर्ने प्रयास भइरहेको उनले जानकारी दिए । सुरक्षा निकायसँग समन्वय गरी आफ्ना कर्मचारीहरूको खोजी तथा उद्धार कार्यलाई तीव्रता दिन उनीहरूको आग्रह छ









