रसुवा बाढीको बिषयमा छलफल गर्न बीमा प्राधिकरणले डाक्यो आकस्मिक बैठक

काठमाडौं । नेपाल बीमा प्राधिकरणले रसुवामा आएका बाढीको कारण बीमा कम्पनीहरुमा परेको असर र त्यस क्षेत्रमा भएको क्षतिमा बीमा दाबीको व्यवस्थापन गर्ने भन्ने बिषयमा छलफल गर्न आकस्मिक बैठक डोकेको छ।
प्रभावित क्षेत्रमा रहेका बीमा कम्पनीहरुको शाखा कार्यालयको रिर्पोटिङ्ग र बाढीको प्रत्यक्ष चपेटामा परेका कर्मचारीहरुको अवस्था र आगामी दिनमा सर्भेयर परिचालनमा कम्पनीहरुको भूमिका कस्तो हुनुपर्छ भन्ने बिषयमा अध्यक्ष चन्द्रकला पौडेल सहित बीमा प्राधिकरणको उच्च पदाधिकारीको टोलीको बैठक आज बस्दैछ ।
बाढीले सबैजसो बैंक शाखाका भवन तथा भौतिक संरचना बगाएको वा पूर्ण रूपमा क्षतिग्रस्त बनाएको छ तर यस्को एकिन जानकारी भने आईसकेको छैन । कम्पनीमार्फत डाटा संकलन गर्ने बिषयमा पनि बैठकमा छलफल हुनेछ ।
बैंक तथा वित्तिय संस्थाका आधाभन्दा बढी कर्मचारी अझै सम्पर्कमा आएका छैनन् । भने कम्पनीहरुको कति क्षति भएको भन्ने बिषयमा पनि एकिन जानकारी आईसकेको छैन । यसै बिषयमा बीमापोष्टले बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील सुवेदीलाई प्रश्न राख्दा, उहाँले प्राधिकरणले यस बिषयमा छलफल गर्न आकस्मित बैठक डाकेको र यस बिषयमा नियामकले के गर्न सकिन्छ छलफल पछि जानकारी दिन सकिने बताएक छन् ।
बीमा कम्पनीका केही कर्मचारीहरू भने सम्पर्कमा आएर आफूहरू सुरक्षित रहे पनि कार्यालय नरहेको जानकारी कम्पनीका सिईओहरुको रहेको छ।
त्यस क्षेत्रमा बीमा कम्पनीमार्फत नेपाल लाइफ, शिखर इन्स्योरेन्स र एशियन लाइफरहेको छन् ।









