रसुवामा बाढीले ९ वाणिज्य बैंकका शाखामा पूर्ण क्षति

१० भाद्र २०८३, बुधबार १४:२५

काठमाडौँ । रसुवामा आएको भीषण बाढीका कारण विभिन्न वाणिज्य बैंकका ९ वटा शाखा कार्यालयमा पूर्ण क्षति पुगेको छ ।

तिब्बततर्फबाट आएको बाढी भोटेकोसी नदीमा मिसिएपछि नदी आसपासका बजार क्षेत्रमा ठूलो क्षति भएको हो । सोही क्रममा बजार क्षेत्रमा सञ्चालित बैंकका शाखा कार्यालयहरू पनि बाढीको चपेटामा परेका छन् ।

नेपाल बैंकर्स एसोसिएसनका अनुसार प्रारम्भिक सोधपुछबाट हालसम्म ९ वटा बैंक शाखा पूर्णरूपमा क्षतिग्रस्त भएको जानकारी प्राप्त भएको छ । यद्यपि कुन–कुन बैंकका शाखामा क्षति पुगेको हो भन्ने यकिन विवरण अझै संकलन भइरहेको एसोसिएसनले जनाएको छ ।

बाढी प्रभावित क्षेत्रमा रहेका बैंकका कर्मचारीसँग सम्पर्क स्थापित गर्ने प्रयास भइरहेको छ । कर्मचारीहरूको अवस्थाबारे जानकारी लिने क्रम जारी रहेकाले क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको एसोसिएसनको भनाइ छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*