बैंक तथा वित्तिय संस्थामा सम्पर्कमा नआएका कर्मचारीको डाटा राष्ट्र बैकमा पुग्यो

काठमाडौं । रसुवामा आएको भीषण बाढीमा कतिजना बैंक तथा वित्तिय संस्थामा कतिजना कर्मचारीहरु हराईरहेको तथ्यांक नेपल राष्ट्र बैंकमा पुगीसकेको छ ।
बैंक तथा वित्तिय संस्थाका कर्मचारी सम्र्पकविहिनको तथ्यांक राष्ट्र बैंकमा पुगेपनि तत्काल कर्मचारीको परिवारको मनोबल र सम्रग समाजमा असर पर्ने भन्दै उक्त तथ्यांक सार्वजनिक नगर्ने भएको छ।
बाढीपछि नेपाल बैंकर्स एसोसिएसनले प्रभावित बैंकका शाखा तथा कर्मचारीको अवस्थाबारे जानकारी संकलन गर्न सक्रियता बढाएको छ । एसोसिएसनका अनुसार प्रारम्भिक सोधपुछबाट हालसम्म ९ वटा बैंक शाखा पूर्णरूपमा क्षतिग्रस्त भएको जानकारी प्राप्त भएको हो ।
नेपाल राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले बैंकमार्फत अपडेट लिईरहेको तत्काल कतिपय अवस्थामा बैंकका कर्मचारीहरु सम्र्पकमा नरहेको खबरले पार्न सक्ने प्रभावको कारण हाल कुनै ठोस निर्णय नगरिएको बताँउछन् ।
तिब्बततर्फबाट आएको बाढी भोटेकोसी नदीमा मिसिएपछि नदी आसपासका बजार क्षेत्रमा ठूलो क्षति पुगेको थियो । सोही क्रममा बजार क्षेत्रमा सञ्चालनमा रहेका बैंकका शाखा कार्यालयसमेत बाढीको चपेटामा परेका हुन् ।
बाढी प्रभावित क्षेत्रमा रहेका बैंकका कर्मचारीसँग सम्पर्क स्थापित गर्ने प्रयास भइरहेको एसोसिएसनले जनाएको छ । कर्मचारीहरूको अवस्थाबारे जानकारी लिने क्रम जारी रहेकाले क्षतिको विस्तृत विवरण भने आउन बाँकी रहेको बताइएको छ ।
।









