शिखर पावर डेभलपमेन्टको १ लाख ११ हजार कित्ता शेयरको लक–इन अवधि सकिँदै

१६ भाद्र २०८३, मंगलवार ०६:५९

काठमाडौँ । शिखर पावर डेभलपमेन्ट लिमिटेडको सामूहिक लगानी कोषलाई बाँडफाँट गरिएको १ लाख ११ हजार कित्ता साधारण शेयरको लक–इन अवधि समाप्त हुने भएको छ।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट प्राप्त निर्देशनअनुसार उक्त शेयरको लक–इन अवधि २०८३ असोज २ गते समाप्त हुने जानकारी दिएको हो।

कम्पनीको जारी पूँजी ९८ करोड रुपैयाँ रहेको छ। कम्पनीले सर्वसाधारणका लागि छुट्याएको शेयरमध्ये आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई ९ लाख ८० हजार कित्ता शेयर बाँडफाँट गरेको थियो। बाँकी शेयरमध्ये ५ प्रतिशत अर्थात् १ लाख ११ हजार कित्ता साधारण शेयर सामूहिक लगानी कोषहरूलाई छुट्याइएको थियो।

उक्त शेयर सर्वसाधारणमा बाँडफाँट भएको मितिले ६ महिनासम्म बिक्री गर्न नपाइने गरी लक–इनमा राखिएको थियो। सो अवधि असोज २ गते पूरा हुने कम्पनीले जनाएको छ। कम्पनीको शेयर रजिस्ट्रारको रूपमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*