आइसीएफसी फाइनान्सद्वारा नगद लाभांश घोषणा

१६ भाद्र २०८३, मंगलवार १०:४६

काठमाडौं । आइसीएफसी फाइनान्स कम्पनीको भदौ १६ गते बिहान ९ बजे बसेको सञ्चालक समितिको ३७२औं बैठकले १०.५२६३ प्रतिशत नगद लाभांश घोषणा गरेको छ।

बैठकले गत आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट गत असार मसान्तसम्म कायम रहेको चुक्ता पूँजी १ अर्ब १८ करोड ३४ लाख ७० हजार ९६० रुपैयाँको १०.५२६३ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने निर्णय गरेको हो।

यसअनुसार १२ करोड ४५ लाख ७५ हजार ७०३ रुपैयाँ लाभांश बापत शेयरधनीहरूमा वितरण हुनेछ। प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई कम्पनीको अब बस्ने वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै शेयरधनीहरूमा वितरण हुनेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*