प्राकृतिक विपदद्बारा प्रभावित लघुवित्तका शाखा स्थानान्तरण गर्न राष्ट्र बैंकको अनुमति

१७ भाद्र २०८३, बुधबार १२:०५

काठमाडौं । नेपाल राष्ट्र बैंकले प्राकृतिक विपद्बाट प्रभावित क्षेत्रमा सञ्चालन गर्न कठिन भएका इजाजतपत्रप्राप्त लघुवित्त वित्तीय संस्थाका शाखा तथा कार्यालयलाई स्थानान्तरण वा नजिकैको अर्को शाखामा समायोजन गर्न सकिने व्यवस्था गरेको छ।

राष्ट्र बैंकले जारी गरेको एकीकृत निर्देशनमा संशोधन गर्दै यस्तो व्यवस्था गरिएको हो। संशोधित व्यवस्थाअनुसार वि।सं। २०८३ भदौमा आएको प्राकृतिक विपद्का कारण रसुवालगायत प्रभावित क्षेत्रमा क्षति पुगेका वा सञ्चालन गर्न असहज भएका लघुवित्त वित्तीय संस्थाका शाखा तथा कार्यालयले बैंकको पूर्वस्वीकृतिबिना नै स्थानान्तरण वा नजिकको अर्को शाखामा समायोजन गर्न सक्नेछन्।

यस्तो शाखा स्थानान्तरण वा समायोजन गरेपछि भने सम्बन्धित लघुवित्त वित्तीय संस्थाले ७ दिनभित्र नेपाल राष्ट्र बैंकलाई जानकारी गराउनुपर्नेछ।

प्राकृतिक विपद्का कारण प्रभावित क्षेत्रमा वित्तीय सेवा सञ्चालनमा देखिएको कठिनाइलाई ध्यानमा राख्दै राष्ट्र बैंकले शाखा व्यवस्थापनमा केही सहजता प्रदान गरेको हो। यसले विपद्बाट प्रभावित सेवाग्राहीलाई लघुवित्त सेवा निरन्तर उपलब्ध गराउन संस्थाहरूलाई सहज हुने अपेक्षा गरिएको छ।

राष्ट्र बैंकले यससम्बन्धी व्यवस्था एकीकृत निर्देशन, २०८२ मा संशोधनरपरिमार्जन गर्दै थप गरेको जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*