बाढीपीडितले कागजातविनै केवाईसी विवरणका आधारमा बैंकिङ सेवा पाउने

१७ भाद्र २०८३, बुधबार १३:०९

काठमाडौं । हालै रसुवा लगायतका जिल्लामा आएको प्राकृतिक विपद्बाट प्रभावित भई बैंकिङ कारोबारका लागि आवश्यक चेक, कार्ड, मोबाइल तथा अन्य कागजात गुमाएका ग्राहकले पनि बैंकिङ सेवा लिन पाउने भएका छन्।

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई परिपत्र जारी गर्दै संस्थामा रहेको ग्राहकको जानकारी (केवाईसी) विवरणसँग भिडाएर पहिचान पुष्टि भएपछि वित्तीय सेवा उपलब्ध गराउन निर्देशन दिएको हो।

राष्ट्र बैंकले प्राकृतिक विपद्बाट प्रभावित ग्राहकको बैंकिङ सेवामा पहुँच सुनिश्चित गर्न आवश्यक सहजीकरण गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ।

राष्ट्र बैंकको परिपत्रमा हालै रसुवा लगायतका जिल्लामा आएको प्राकृतिक विपद्बाट प्रभावित भई बैंकिङ कारोबारका लागि आवश्यक चेक, कार्ड, मोबाइल तथा अन्य कागजात गुमाएका ग्राहकको हकमा संस्थामा रहेको हस्ताक्षर नमुना, फोटो तथा ग्राहकको अन्य विवरणका आधारमा ग्राहक यकिन गरी वित्तीय सेवाको पहुँच सुनिश्चित गर्न भनिएको छ।

त्यस्तै, विपद्बाट प्रभावित ग्राहकलाई आवश्यक सहयोग तथा सहजीकरण गर्ने व्यवस्था मिलाउन पनि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*