सिटिजन्स बैंकको कोशीमा व्यावसायिक विस्तार रणनीति : ‘एक्सेलेरेटिङ कमर्सियल मोमेन्टम’ कार्यक्रम सम्पन्न

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले कोशी प्रदेशमा आफ्ना प्रदेश प्रमुख, शाखा–प्रबन्धक तथा अन्य सहकर्मीहरू माझ “एक्सेलेरेटिङ कमर्सियल मोमेन्टमः बिजनेस एक्सपान्सन एन्ड एसेट क्वालिटी इन्हान्समेन्ट इन कोशी प्रदेश” कार्यक्रम आयोजना गरेको छ ।
सो सेमिनार बैंकका प्रमुख कार्यकारी अधिकृत श्री गणेशराज पोखरेल , नायव प्रमुख कार्यकारी अधिकृत, सहायक प्रमुख कार्यकारी अधिकृत लगायत वरिष्ठ कार्यकारीको उपस्थितिमा सम्पन्न भएको छ । कार्यक्रममा गत आर्थिक बर्षको कार्य प्रगति समिक्षा एवं चालु आर्थिक वर्षका बजेट, रणनीतिक कार्य योजना एवं प्राथमिकताहरूमा छलफल गर्दै केन्द्र र प्रदेश बीच सहकार्य सुदृढ गर्ने विषयमा गहिरो अन्तरक्रिया भएकोे छ ।
कोशी प्रदेशको १० जिल्लामा सिटिजन्स बैंकको २८ शाखा कार्यालयहरू संञ्चालनमा छन् । यस अघि नै बैंकले बागमती प्रदेशमा श्रावण २२, २०८३ मा “लिडिङ फ्रम द फ्रन्टः स्ट्राटेजिक ग्रोथ इम्पेरेटिभ्स फर बागमती प्रदेश” कार्यक्रम सम्पन्न गरेको थियो । कार्यक्रममा बागमती प्रदेशको ११ जिल्लामा अवस्थित ५६ शाखा प्रबन्धक, प्रदेश प्रमुख लगायत बैंकका उच्च पदहरू अधिकारीहरूको सहभागिता रहेको थियो त्यसैको निरन्तरता स्वरूप कोशी प्रदेशमा यस किसिमको सेमिनार गरिएको हो । अरm प्रदेशहरूमा पनि यसै गरी क्रमश कार्यक्रम आयोजना गरिनेछ ।
बैंकको गत आर्थिक वर्ष २०८२/२०८३ मा कर्जा प्रवाह १.२४ प्रतिशतले वृद्धि भई रु. १ खर्ब ७७ अर्ब ३३ करोड पुगेको छ साथै निक्षेप संकलनमा पनि ९.२२ प्रतिशतको वृद्धि रु. २ खर्ब ३३ अर्ब ८१ करोड पुगेको छ । बैंकको खुद नाफा ६३.०५ प्रतिशतले बढेर रु. २ अर्ब ९ करोड ८६ लाख पुगेको छ ।
“विश्वकै प्रतिष्ठित अवार्ड बैंक अफ द ईयर २०२४ र २०२५ को उपाधि प्राप्त गर्न सफल भएको बैंकले यस अघि नै फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक “सिटिजन्स फोनपे क्रेडिट कार्ड” भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ । हालसालै बैंकले नवयुवा लक्षित बचत खाता “सिटिजन्स जेन–जी सेभिङ्ग अकाउन्ट” र “सिटिजन्स डिजी बैंक सेवा” नामक एकीकृत अनलाइन प्लेटफर्म सञ्चालनमा ल्याएको छ ।
फ्रिलान्सरहरूलाई लक्षित गरी विशेष “फ्रिलान्सर सेविङ्ज अकाउन्ट” नामक नयाँ बचत खाता सुरु गरेको छ साथै नेपालमै पहिलो पटक मोबाइल बैंकिङ एप मार्फत नै शेयर आवेदन र सी.आर.एन् नम्बर सेवा लिन सकिने सुबिधा लगायत क्रस बैंक टेलर सुविधा जसमा अन्य बैंकका ग्राहकले सिटिजन्स बैंकको शाखाबाट टेलर क्यू आर स्क्यान गरी नगद प्राप्त गर्न सकिने समेत ल्याएको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६९ वटा ए.टि.एम., ३ विस्तारित काउन्टर र ४२ वटा शाखा रहित बैंकिङ्ग ईकाइहरुबाट २० लाख ६२ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।









