एनएमबि बैंकको २४ हजार कित्ता शेयर सर्वसाधारणका लागि बिक्री खुला
१८ भाद्र २०८३, बिहीबार १०:२९

काठमाडौँ। एनएमबि बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको २४ हजार ३१२ कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि बिक्रीमा राखेको हो ।
यसअघि संस्थापक शेयरधनीलाई प्राथमिकता दिँदै गत असार ३० गते ३५ दिने सूचना प्रकाशित गरिएको थियो । तर तोकिएको अवधिमा कुनै आवेदन नपरेपछि अब जोसुकै व्यक्ति तथा कम्पनीले उक्त शेयर खरिदका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको हो ।
शेयर खरिद गर्न इच्छुकले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवश्यक कागजातसहित काठमाडौंको बबरमहलस्थित कम्पनी सचिवको कार्यालयमा आवेदन बुझाउनुपर्ने बैंकले जनाएको छ ।









