उपत्यकामा ग्यासको हाहाकार, साल्ट ट्रेडिङमा घन्टौँ लाइन

१८ भाद्र २०८३, बिहीबार १३:१३

काठमाडौँ । कालीमाटीस्थित साल्ट ट्रेडिङ कम्पनीमा खाना पकाउने ग्यास लिन उपभोक्ताको बिहानैदेखि लामो लाइन लागेको छ। ग्यासका लागि पुगेका उपभोक्ता घन्टौँसम्म पालो कुरिरहेका छन् भने बिक्री केन्द्रमा रित्ता सिलिन्डरको थुप्रो देखिन्छ।

यसअघि नै सहज रूपमा ग्यास उपलब्ध नहुँदा उपभोक्ताले घन्टौँ लाइन बस्नुपर्ने अवस्था रहेको थियो। त्यसमाथि पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीर खण्डमा पहिरो खसेपछि अत्यावश्यक वस्तुको ढुवानी तथा आपूर्ति प्रभावित भएको छ।

राजमार्गमा पहिरोका कारण आवतजावत तथा ढुवानीमा अवरोध सिर्जना हुँदा ग्यासको आपूर्ति थप प्रभावित हुने चिन्ता बढेको छ। पहिरो खस्नुअघिदेखि नै मागअनुसार ग्यास उपलब्ध हुन नसकेको अवस्थामा आपूर्ति शृंखला थप अवरुद्ध भए बजारमा अभाव झनै गहिरिन सक्ने देखिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*