बालेन्द्र शाहसँग वर्षमान पुनले गरे भेटघाट

१८ भाद्र २०८३, बिहीबार १३:३७

काठमाडौं बालेन्द्र शाह (बालेन) सँग आज भदौ १८ गते बिहीबार नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुनले भेटघाट गरेका छन् ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा रसुवाको भोटेकोशी नदीमा आएको बाढी र त्यसपछिको खोज, उद्धार, उपचार, राहत वितरणलगायत विषयमा कुराकानी भएको छ ।

यस्तै भेटमा बाढीबाट प्रभावित भएका पूर्वाधारलाई कसरी पुनः सञ्चालन गर्ने विषयमा पनि छलफल भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जनाएको छ ।

बालेनसँग यसअघि उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले पनि भेट गरेका थिए । घिसिङ र बालेनबीचको भेटमा पनि रसुवा बाढीलगायतका विषयमा कुराकानी भएको कार्यालयले जानकारी दिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*