एआईसी नेपालद्वारा भोटेकोशी बाढीपीडितलाई एक करोड २५ लाख सहयोग हस्तान्तरण

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) नेपालले रसुवा भोटेकोशीमा आएको बाढी पहिरो प्रभावित जनताका लागि एक करोड २५ लाख रुपैयाँ नेपाल सरकारको खातामा जम्मा हुने गरी हस्तान्तरण गरेको छ ।
एलआईसी नेपालका सिइओ प्रणय कुमारले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई सहयोग बापतको एक करोड २५ लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको हो । आज अर्थमन्त्रालयमा पुगेर एलआईसीका सिइओसहित नायब प्रमुख कार्यकारी अधिकृत अनिरबन दत्त, कम्पनी सचिव सुदर्शन गिरीको उपस्थितिमा रकम हस्तान्तरण गरिएको हो ।
एलआईसी नेपालले बाढीग्रस्त क्षेत्रका जनताको उद्धार तथा राहत वितरण र पुनर्निर्माणमा सहयोग पुग्ने उद्देश्यले सो रकम हस्तान्तरण गरिएको जनाएको छ । कम्पनीले प्रधानमन्त्री बिपद कोषमा जम्मा हुने गरी सहयोग रकम सरकारलाई बुझाएको छ ।









