रसुवा बाढीको १० दिनपछि दुई जनाको जीवितै उद्धार, को हुन् उनीहरू ?

१९ भाद्र २०८३, शुक्रबार ०९:५९

काठमाडौं । रसुवा बाढीमा परेर त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकामध्ये दुईजनाको उद्धार गरिएको छ ।

दुई जनाको १० दिनपछि जीवितै उद्धार गरिएको छ। रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकामध्ये दुईजनाको जीवितै उद्धार गरिएको छ ।

शुक्रबार बिहान उद्धार गरिएका पहिलो व्यक्ति सञ्जय साह हुन् भने दोस्रो व्यक्ति कविर महर्जन हुन् । साह नेपाल विद्युत प्राधिकरणका चौथो तहका कर्मचारीमा हुन् भने कविर महर्जन त्रिशूली ३ ए जलविद्युत् आयोजनाका सुपरभाइजर हुन्।

त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजना मर्मत कार्य भइरहेको थियो । साह पनि त्यसैका लागि गएको हुनसक्ने बताइएको छ।

उनीहरूलाई रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्रबाट सञ्जय साह र कविर महर्जनको जीवितै उद्धार भएको हो।
त्यस्तै, दोस्रो उद्धार गरिएको व्यक्ति कविर महर्जन त्रिशूली ३ ए जलविद्युत् आयोजनाका सुपरभाइजर भएको आयोजना प्रमुख आवास ओझाले जानकारी दिए ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*