कृष्णभिरको पहिरोमा २०० मिटर ट्रयाक ब्रेक-थ्रू, पृथ्वीराजमार्ग छिट्टै खुल्ने

२० भाद्र २०८३, शनिबार १८:४४

काठमाडौं । पहिरोका कारण सडक अबरुद्ध भएको कृष्णभिर पहिरोमा वैकल्पिक ट्रयाक खोल्ने कार्यमा सम्पन्न भएको छ । आज केहीबेर अघि २०० मिटर लामो ट्रयाक खोल्न कार्यमा ब्रेक-थ्रू गरिएको हो ।

सडक विभाग स्रोतका अनुसार आज साविक कृष्णभिर भन्दा केही माथिबाट नयाँ सडकको ब्रेकथ्रु गरिएको हो । ट्रयाकमा ब्रेकथ्रु गरिएसँगै अब पृथ्वी राजमार्ग छिट्टै सञ्चालनमा आउने छ ।

अहिले निर्माण उपकरणहरु सो स्थानबाट वारपार गर्न सक्ने भएका छन् । ‘ट्रयाक खुल्यो अब पहिरोको अवस्था अध्ययन पश्चात ड्रेन वा अन्य कुनै कार्यहरु बाँकी भए सो अध्ययन गरेर सडक खुल्ला गर्ने तयारी सुरु गरेका छौं’, सडक विभागका एक अधिकारीले बीमापोष्टसँग भने ।

गत भदौ १२ गते कृष्णभिरमा गएको पहिरोका कारण पृथ्वी राजमार्ग अहिले अवरुद्ध छ । सडक अवरुद्ध भएसँगै पश्चिम क्षेत्रबाट काठमाडौं नाका प्रवेश गर्ने सवारी साधनले सास्ती भोगिरहेका छन् । खाद्यान्न लगायत, अत्यावश्यक सामग्रीहरु आयात गर्न पनि असहज भएको भने ग्याँसको अभाव खड्किएको छ । अबरुद्ध सडक भोलिदेखि लगभग खुलाउने गरी सडक विभागसहितका टिमले काम गरिरहेको छ ।

उता, धादिङकै गजुरी नजिकै परेवाभिर मर्मतका लागि भोलि आइतबार विहान ६ः०० बजदेखि साँझ ६ः०० बजेसम्म सडक बन्द रहेको जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ । उक्त सडक हाल एकतर्फी रहेकोमा भोलिसम्म मर्मत गरेर दुई तर्फी बनाउन लागेकोले सडक बन्द गरिएको हो ।

 

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*