काजकिरिया सकिने अघिल्लो दिन जीवितै भेटिइन चण्डिका श्रेष्ठ, एक चिनियाँ नागरिक पनि सकुशल

काठमाडौं । उद्धार कार्य जारी रहँदा रसुवा भोटेकोशीमा बाढी गएको ११ औं दिन बेत्रावतीबाट चण्डिका श्रेष्ठको आज जीवितै उद्धार गरिएको छ । उनको परिवारको कुशको शव बनाएर दाहसंस्कार गरी काजकिरिया जारी राखेकै बखत आज उनलाई सकुशल भेटिएको हो ।

बेत्रावतीकी श्रेष्ठलाई बाढीले बगाएको भरभित्रैबाट आज उद्धार गरेको हो । उनलाई उपचारको लागि अस्पतालमा भर्ना गरिएको छ । बाढीपछि ११ दिनसम्म पनि चण्डिका सकुशल रहेकी थिईन् । शसस्त्र प्रहरीको टोलीले आज खोजी गर्ने क्रममा सो घरमा पुगेर बोलाउँदा उनले आवाज फर्काएपछि तत्कालै खटेर बाहिर निकालिएको हो । उनको आधा भाग हिलोमा डुबेको अवस्थामा भेटिएको थियो ।
उता, माथिल्लो त्रिशुली १ को जलविद्युतको सुरुङभित्रबाट एक जना चिनियाँ नागरिकको उद्धार गरिएको छ । उनको परिचय खुलेको छैन । नेपाली सेनाको टोली चिनियाँ नागरिकको सकुशल उद्धार गरेको हो । घटना भएको ११ औं दिनपछि दुई जनालाई जीवितै उद्धार गर्न सफल भएको घटनाले उद्धारमा ढिलाई भएको अनुभूति गरिएको छ ।











