भदौ १० गतेको बाढीमा ज्यान गुमाएकाको सम्झनामा राष्ट्रिय शोक मनाइँदै, झण्डा आधा झुकाइने
२२ भाद्र २०८३, सोमबार ०७:१६

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी मृत्युवरण गरेका व्यक्तिहरूको सम्झनामा आज भदौ २२ गते राष्ट्रिय शोक मनाइँदैछ।
भदौ १८ गते बसेको मन्त्रिपरिषदको बैठकले भोटेकोशी नदीमा आएको बाढीमा परी ज्यान गुमाएकाहरूको सम्झनामा १३औं पुण्यतिथीको अवसरमा राष्ट्रिय शोक मनाउने निर्णय गरेको हो।
यससँगै आज नेपालभरीका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाइनेछ। उक्त बाढीमा परी हालसम्म कम्तीमा १ हजार ३४२ जनाले ज्यान गुमाएका छन् भने झण्डै ५ हजार मानिस सम्पर्कविहीन छन्।











