सोनापुर मिनरल्स एण्ड आयलको १ करोड ८४ लाख कित्ता शेयरको लकइन अवधि सकिंदै

२२ भाद्र २०८३, सोमबार ०७:३४

काठमाडौं । सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको १ करोड ८४ लाख ७९ हजार ८०० कित्ता शेयरको लकइन अवधि असोज २३ गतेबाट सकिने भएको छ।

नेपाल धितोपत्र बोर्डमा दर्ता तथा सूचीकृत भएको कुल ३ करोड ७ लाख ५० हजार ५०० कित्तामध्ये १ करोड ८४ लाख ७९ हजार ८०० कित्ता शेयर विगत ३ वर्षदेखि लकइनमा रहेको थियो।

कम्पनीको संस्थापकहरूको १ करोड ८४ लाख ५० हजार ३०० कित्ता र कर्मचारीहरूलाई सुरक्षित गरिएको १९ हजार ५०० कित्ता शेयरको लकइन अवधि सकिन लागेको हो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*